तमु समाज ओमानले आउदो जनवरी ०३ तारिखमा तमु च्यु ल्होसार मनाउदै

परदेशी खबर/अक्टोबर २६, ओमन।प्रबास ओमानमा तमु समुदायको मौलिक भेषभुषा , भाषा ,धर्म ,संस्कार, कला ,संस्कृति र पराम्पराको जगेर्ना र निरन्तरता दिने मुख्य उद्देश्यकासाथ स्थापित तमु समाज ओमानले तमु समुदायको मौलिक महान पर्व तमु च्यु (मुसा वर्ग) ल्होसारको सुखद अवसरमा आगामी ०३ जनवरी २०२० शुक्रबारको दिन अल मासा हल रुवि मस्कट ओमानमा भव्यताकासाथ तमु च्यु ल्होसार (मुसा बर्ग) मनाउने भएको छ।
उक्त तमु च्यु ल्होसार (मुसा वर्ग) – २०७६ बृहत सांस्कृतिक कार्यक्रम लाई भव्य र सभ्य रुपमा मनाउनको लागि नेपाल बाट अतिथि कलाकारको रुपमा नेपालका बहुचर्चित ख्यातिप्राप्त सुमधुर स्वरका धनी लोकप्रिय गायिका मेलिना राई र गायक आशाराम गुरुङ ओमान आउने निश्चित भएको छ।कार्यक्रममा अतिथि कलाकार गायिका मेलिना राई र गायक आशाराम गुरुङको बिशेष सांगीतिक प्रस्तुती रहने भएको छ भने स्थानिय प्रबासी चर्चित नेपाली कलाकारहरुको बेजोड प्रस्तुती रहने भएको छ।

तमु समाज ओमानका प्रथम उपाध्यक्ष एवं बृहत तमु च्यु ल्होसार सांस्कृतिक कार्यक्रम – २०७६ का संयोजक गौकाशी गुरुङले सम्पुर्ण ओमानमा स्थापित संघ संस्था,प्रबासी नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु लाई तमु च्यु ल्होसार (मृग वर्ग) सांस्कृतिक कार्यक्रमलाई एेतिहासिक रुपमा भब्य र सभ्य ढंगले सु-सम्पन्न सफल पार्न गरिमामय उपस्थिति र सहभागिताको लागि हार्दिक आमन्त्रण समेत गरेकी छिन।






Related Posts
  • तमु समाज युएईले आउदो जनवरी १० तारिख तमु च्यु ल्होसार भव्यता साथ मनाउदै
  • एनआरएनए कुवेतले इराकमा १४ वर्षदेखि अलपत्र परेकी एक नेपाली महिलाको उद्धार
  • नेपाल आदिवासी जनजाती महासंघ युएई द्वारा Learning & People Development तालिम सम्पन्न
  • काभ्रे कल्याणकारी कोष स्थापनार्थ बृहत सांस्कृतिक कार्यक्रम गर्दै
  • पछिल्ला सम्प्रेसणहरु

    तमु समाज युएईले आउदो जनवरी १० तारिख तमु च्यु ल्होसार भव्यता साथ मनाउदै

    अञ्जु थोकरको ‘सुन सुन साथी’ सार्वजनिक ( भिडियो सहित )

    एनआरएनए कुवेतले इराकमा १४ वर्षदेखि अलपत्र परेकी एक नेपाली महिलाको उद्धार

    बिजनेष

    जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस