सुनिताको `तामाङ सेलो गाउन मन लाग्यो´ सार्वजनिक

तामाङ नायिका सुनिता लुङ्बाको` तामाङ सेलो गाउन मन लाग्यो´ गीतको बोलको भिडियोसहित सार्वजनिक गरिएको छ ।

भक्तपुरको सूर्यबिनायकस्थित शुभ कामना पार्टी प्यालेसमा बिहीबार पत्रकार सम्मेलन गरी भिडियो युट्युवाट सार्वजनिक गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि काभ्रे रोशी गाउँपालिका अध्यक्ष डिबि मोक्तानले नायिका लुङ्बाले गायन क्षेत्रमा समेत पाइला चलेकोमा खुशी व्यक्त गरे । अध्यक्ष मोक्तानले झण्डै एक दर्जन तामाङ चलचित्रहरुमा सफल अभिनय गरेर सफल भैसकेकी लुङ्बा गायन क्षेत्रमा सफल हुने बताए ।

तामाङ चलचित्र सङ्घका अध्यक्ष बिकु थोकरले अब लुङ्बा नायिका मात्र सीमित नभएको बताए । यसअघि समेत लुङ्बाको आवाजमा रहेको गीत सुनेको छु, लुङ्बाको अभिनयमा भएजस्तै आवाजमा पनि दम छ, अध्यक्ष थोकले भने, उनी धेरै कुरामा अब्बल छिन् ।

समारोहमा तामाङ कलाकार सङ्घका अध्यक्ष सञ्जीव वाइबा, तामाङ डजाङका अध्यक्ष फुलकुमार बोम्जन, राष्ट्रिय तामाङ घेदुङका महासचिव प्रबिन बल, नायक तथा निर्देशक अमिर दोङ लगायतले मन्तव्य राखेका थिए ।

भक्तपुरको विभिन्न रमणिय स्थलहरुको दृश्यले भरिएको गीतको भिडियोमा छायाङ्कन गरिएको भिडियोमा लुङ्बालाई अभिनयमा सन्दिप स्याङ्तानले साथ दिएको छ । तामाङ नायिका लुङ्बाको आवाजमा रहेको यो दोस्रो गीत हो ।

त्यसैगरी गीतको भिडियोको छायाङ्कनमा सूर्य लामा, निर्देशक प्रतिक ङ्यासुर, ड्रोन क्यामरामा प्रबिन लामा, शब्द संङ्गे ब्लोन, सङ्गीत विश्व दोङको रहेका छन् । – शैलुङ अनलाईनबाट 

 






Related Posts
  • नेपाली दूतावास कुवेतद्वारा भिजिट नेपाल २०२० सफल पार्नको लागि छलफल कार्यक्रम सम्पन्न
  • कुन्साङ वाईबाको डम्फु ह्राप्सी गितको भिडियो सार्वजनिक (भिडियो सहित)
  • कुलमान घिसिङलाई ‘नास्ट प्रविधि पुरस्कार’
  • प्रकाशको ‘स्याउ स्याउ नाना’ सार्वजनिक (भिडियो सहित)
  • पछिल्ला सम्प्रेसणहरु

    नेपाली दूतावास कुवेतद्वारा भिजिट नेपाल २०२० सफल पार्नको लागि छलफल कार्यक्रम सम्पन्न

    कुन्साङ वाईबाको डम्फु ह्राप्सी गितको भिडियो सार्वजनिक (भिडियो सहित)

    कुवेतमा किरातीहरुले आगामि डिसेम्बर १३ मा मनाउने महान चाड उधौली कार्यक्रमको सम्पुर्ण तयारि पुरा

    बिजनेष

    जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस