यापर भिटेन रिहा भए

परदेशी खबर/ ललितपुर – भिटेनका नामले चर्चित र्‍यापर समिर लामा घिसिङ रिहा भएका छन् ।

‘हामी यस्तै त हो नि ब्रो’ बोलको गीतमा अश्लील शब्दको प्रयोग गरी लागुऔषध गाँजा खान प्रोत्साहित गरेको आरोपमा पक्राउ परेका भिटेनलाई शुक्रबार साँझ जमानीमा रिहा गरेको महानगरीय प्रहरी परिसर, ललितपुरले जनाएको छ । बुवाको जमानीमा रिहा भएका भिटेनलाई १३ गते प्रहरीमा हाजिर हुन भनिएको छ ।

भिटेनले प्रहरीको युनिफर्म लगाई लागुऔषध सेवन गरिरहेको फोटो आफ्नो फेसबुकमा राखेर प्रहरी पोशाकको दुरुपयोगसमेत गरेको भन्दै ललितपुर प्रहरीले सार्वजनिक हित तथा नैतिकताविरुद्धको अपराधमा अदालतबाट सात दिनको म्याद थप गरी मुद्दा चलाउने तयारी गरेको थियो ।

उनलाई युट्युबबाट भने गीत हटाउन भनिएको थियो । केही दिनअघि मात्रै उच्छृङ्खल गीत गाएको आरोपमा पक्राउ परेका गायक दुर्गेश थापाले गल्ती स्वीकार गरी माफी मागेपछि उनलाई छाडिएको थियो । यो खबर उज्यालो अनलाइनले प्रकाशित गरेका छन ।  






Related Posts
  • नेपाली दूतावास कुवेतद्वारा भिजिट नेपाल २०२० सफल पार्नको लागि छलफल कार्यक्रम सम्पन्न
  • कुन्साङ वाईबाको डम्फु ह्राप्सी गितको भिडियो सार्वजनिक (भिडियो सहित)
  • कुलमान घिसिङलाई ‘नास्ट प्रविधि पुरस्कार’
  • प्रकाशको ‘स्याउ स्याउ नाना’ सार्वजनिक (भिडियो सहित)
  • पछिल्ला सम्प्रेसणहरु

    नेपाली दूतावास कुवेतद्वारा भिजिट नेपाल २०२० सफल पार्नको लागि छलफल कार्यक्रम सम्पन्न

    कुन्साङ वाईबाको डम्फु ह्राप्सी गितको भिडियो सार्वजनिक (भिडियो सहित)

    कुवेतमा किरातीहरुले आगामि डिसेम्बर १३ मा मनाउने महान चाड उधौली कार्यक्रमको सम्पुर्ण तयारि पुरा

    बिजनेष

    जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस