अनेसास कुवेतद्वारा आयोजित ११० औं लक्ष्मी जयन्ती साथै साहित्य रचना वाचन कार्यक्रमको तयारी पुरा

परदेशी खबर, अक्टोबर २३.कुवेत। अन्तराष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टरले आउदो २५ अक्टुवर २०१९ शुक्रबारका दिन ११० औं लक्ष्मी जयन्ती साथै साहित्य रचना वाचन कार्यक्रम पुर्ण रुपमा तयारी भई सकेको कार्यक्रम संयोजक प्रसाद तिम्सीनाले जानकारी दिनु भएको छ ।

करिब एक दशक देखि कुवेतमा रहेका नेपाली समुदाय माझँमा नेपाली भाषा र साहित्य, प्रवर्धन र विकासको लागि सक्रियताका साथ लागि रहेको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टरले बिगतका दिनमा पनि बिभिन्न कार्यक्रमका साथ साहित्य रचना वाचन गर्दै आई रहेको हुनाले यस वर्ष पनि महाकबि लक्ष्मी प्रसाद देवकोटाको ११० औं जन्म जयन्ती साथै साहित्य रचना वाचन कार्यक्रम भव्यताका साथ मनाउन लागि रहेको र उक्त दिन कुवेतमा रहनु हुने साहित्य प्रति रुचि राखु हुने सबै साहित्य अनुरागी मित्रहरुलाई निमन्त्रणा गरि सकेको र कोहि कसैलाई कारण बस निमन्त्रणा पुग्न नसकेको भएमा यसै न्युजलाई निमन्त्रणा सम्झी आफनो रचना लिएर समयमै उपस्थिति भई दिनु हुन् आयोजक अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टरले अनुरोध गरेको छ ।

तपसिल

मिति :- २५, अक्टुवर, २०१९, शुक्रबार ।
समय :- दिनको ठिक १२:३० बजे ।
स्थान :- न्यौपाने फेमेली रेष्टुरेण्ट जिलिब, कुवेत ।

आयोजक अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टर






Related Posts
  • तमु समाज युएईले आउदो जनवरी १० तारिख तमु च्यु ल्होसार भव्यता साथ मनाउदै
  • एनआरएनए कुवेतले इराकमा १४ वर्षदेखि अलपत्र परेकी एक नेपाली महिलाको उद्धार
  • नेपाल आदिवासी जनजाती महासंघ युएई द्वारा Learning & People Development तालिम सम्पन्न
  • काभ्रे कल्याणकारी कोष स्थापनार्थ बृहत सांस्कृतिक कार्यक्रम गर्दै
  • पछिल्ला सम्प्रेसणहरु

    तमु समाज युएईले आउदो जनवरी १० तारिख तमु च्यु ल्होसार भव्यता साथ मनाउदै

    अञ्जु थोकरको ‘सुन सुन साथी’ सार्वजनिक ( भिडियो सहित )

    एनआरएनए कुवेतले इराकमा १४ वर्षदेखि अलपत्र परेकी एक नेपाली महिलाको उद्धार

    बिजनेष

    जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस