आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS

तीन अन्तर्राष्ट्रिय एयरलाइन्स नेपाल आउँदै

परदेशी खबर ६ कार्तिक २०७६, बुधबार ०१:४५ मा प्रकाशित ( ४ साल अघि) १५६ पाठक संख्या

परदेशी खबर – नेपाल भ्रमण वर्ष नजिकिँदै गर्दा तीन अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले नेपाल उडान सुरु गर्ने भएका छन् । 

कुवेतको जजिरा एयरवेज तथा भारतका दुई–स्पाइस जेट एयरलाइन्स र भिस्तारा एयर नेपालमा आफ्नो सेवा सुरु गर्न इच्छुक देखिएका हुन् ।

नेपाल नागरिक उड्डयान प्राधिकरणले स्पाइस जेट र जजिरा एयरवेजलाई नेपालमा उडान गर्ने अनुमति दिइसकेको छ । त्यस्तै, भिस्तारालाई अनुमति दिने प्रक्रिया अन्तिम चरणमा पुगेको प्राधिकारणले जनाएको छ ।  

प्राधिकरका अनुसार स्पाइस जेट र जजिराले मंसिर पहिलो हप्तादेखि नेपालमा उडान गर्नेछन्   । यो समाचार आर्थिक अभियानमा हिमा विकले लेखेकी छिन् ।