राष्ट्रपति भण्डारी र जापानी प्रधानमन्त्रीआबेबीच भेटवार्ता

जापान, ४ कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारी र जापानका प्रधानमन्त्री सिन्जो आबेबीच आज बिहान टोक्योस्थित आकासाका प्यालेस, स्टेट गेष्ट हाउसमा भेटवार्ता भएको छ ।

सो अवसरमा गृहमन्त्री रामबहादुर थापा, परराष्ट्र सचिव शङ्करदास वैरागी, जापानका लागि नेपालका राजदूत प्रतिभा राणा, राष्ट्रपति कार्यालयका सचिव डा हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारी तथा परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्चपदस्थ अधिकारी एवं जापानी पक्षबाट उच्चपदस्थ पदाधिकारी सहभागी हुनुहुन्थ्यो । जापानी सम्राट् नोरुहितोको शुभराज्याभिषेकमा सहभागी हुन राष्ट्रपति भण्डारीसहितको नेपाली प्रतिनिधिमण्डल आइतबार राजधानी टोक्यो आइपुगेको थियो ।

म्यान्माका राष्ट्रपति विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा म्यान्माको पाँचदिने राजकीय भ्रमण पूरा गरी राष्ट्रपति भण्डारी नेतृत्वको प्रतिनिधिमण्डल आइतबार राति यहाँ आइपुगेको हो । जापानी सम्राट् नोरुहितोको शुभराज्याभिषेक यही कात्तिक ५ गते स्थानीय समयानुसार अपराह्न १ बजे इम्पेरियल प्यालेसको सेदेन स्टेट हलमा हुँदैछ । राज्याभिषेक समारोहमा सहभागी भई नेपाली प्रतिनिधिमण्डल यही कात्तिक ६ गते स्वदेश फर्कने कार्यक्रम छ । रासस






Related Posts
  • किराया युएई द्वारा राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग
  • १८ औं बमजन कपको उपाधी पुर्वेली टाईगरको पोल्टोमा
  • एनआरएनए कुवेतको आयोजनामा हुन गैरेहेको भलिबल प्रतियोगिताको टाइ-सिट प्रकाशित
  • कुवेतमा अचेत अवस्थामा उपचाररत सुरेश बहादुर खत्रीको निधन
  • पछिल्ला सम्प्रेसणहरु

    कोरोना भाइरसको Corona Virus ( COVID- 19 ) संक्रमण कसरी हुन्छ ? संक्रमणको लक्षण र बच्ने उपाय के-के हुन ??

    बाँस्कोटाको सातवटा डायरी कसले लग्यो ?

    गृहमा आकस्मिक बैठक, सतर्क रहन मन्त्रीको निर्देशन

    बिजनेष

    किराया युएई द्वारा राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस