कश्मीरमा गोलाबारी चल्दा दुई भारतीय सैनिकको मृत्यु

काठमान्डौ ,३ कार्तिक । जम्मू–कश्मीरको कुपवाडा जिल्लामा रहेका सैन्य पोष्ट र गाउँमा पाकिस्तानले गोलाबारी गरेको भारतले आरोप लगाएको छ ।

तांघर सेक्टरमा भएको भारी गोलीबारीमा आफ्ना दुई सैनिकले ज्यान गुमाएको भारतले जानकारी दिएको हो । उक्त घटनामा एक सर्वसाधरणले पनि ज्यान गुमाउनका साथै अन्य तीन जना गम्भीर घाइते भएका छन् ।

अधिकारीहरुका अनुसार सीमा क्षेत्रमा भएको गोलाबारीका कारण दुई घर पूर्ण रुपमा नष्ट भएको छ भने अन्य घरहरुमा पनि क्षति पुगेको छ ।

गत १५ सेप्टेम्बरमा भारतको विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारले यस वर्षमात्र पाकिस्तानले २०५० भन्दा बढी पटक युद्धविरामको उल्लंघन गरेको आरोप लगाएका थिए । यसमा २१ नागरिकले ज्यान गुमाइसकेका छन् । युद्धविराम उल्लंघनमा आतंकवादीको घुसपैठ पनि शामेल छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार पाकिस्तानले श्रीनगरमा अशान्ति फैलाउने प्रयास गरिरहेको छ । जसका लागि १० भन्दा बढी आतंकवादी श्रीनगर आसपास क्षेत्रमा लुकेर बसेका छन् । खुफिया सुत्रको हवाला दिँदै उनीहरु कारवाहीका लागि उपयुक्त समयको प्रतिक्षामा रहेको बताइएको छ । एजेन्सी






Related Posts
  • नेपाल मगर संघ युएईको सगौरव प्रस्तुति माघ्या सकराटी मेला-बृहत् सांस्कृतिक साँझ २०७६”को तयारी पुरा
  • कियाचु कुवेतको नवौं वार्षिक उत्सव तथा लिम्बु चलचित्र “साम” प्रदर्शनी आउदो फेब्रुवरी २८ मा हुने
  • एनआरएनए सुधारको लागि डा. केशव पौडेलको सुझाव
  • नेपाल आइडल बुद्ध लामा आउदो जनवरी २४ तारिखमा कतार आउँदै
  • पछिल्ला सम्प्रेसणहरु

    नेपाल मगर संघ युएईको सगौरव प्रस्तुति माघ्या सकराटी मेला-बृहत् सांस्कृतिक साँझ २०७६”को तयारी पुरा

    थारु कल्याणकारिणी सभा कतार च्याप्टरको माघि पर्व मनाउदै सुनिता चौधरी सम्मानित

    आस्था राउतले अभद्र व्यवहार गरेको देखियो : डिआइजी पोखरेल

    बिजनेष

    जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस