अनुदानबाट डेढ लाख भूकम्पपीडित फेरि हट्दै

काठमाडौं, ३ कार्तिक । सरकारले तोकेको समयसीमाअनुसार निजी आवासको पुनर्निर्माण नगर्ने डेढ लाखभन्दा बढी भूकम्पपीडित फेरि लाभग्राहीको सूचीबाट हट्ने अवस्थामा पुगेका छन् ।

गत साउनमा ६२ हजार भूकम्पपीडित लाभग्राहीको सूचीबाट हटेकोमा पुनः डेढ लाख बढी भूकम्पपीडित अनुदानबाट वञ्चित हुने अवस्थामा पुगेका हुन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पहिलो किस्ता बुझिसकेका भूकम्प पीडितले कात्तिक मसान्तसम्म दोस्रो किस्ता बुझिसक्नुपर्ने समयसीमा तोकेको थियो । दोस्रो किस्ता नलिने भूकम्पपीडितको संख्या डेढ लाखभन्दा बढी छ ।

प्राधिकरणका अनुसार निजी आवास पुनर्निर्माणका लागि ७ लाख ७६ हजार ९१० लाभग्राहीसँग अनुदान सम्झौता भएकोमा ७ लाख ६८ हजार ५४९ लाभग्राहीले पहिलो किस्ता लिएका छन् । हालसम्म ६ लाख १२ हजार १०५ लाभग्राहीले दोस्रो किस्ता लिएका छन् । यसको आधारमा पहिलो किस्ता लिएर दोस्रो किस्ता नलिने भूकम्पपीडितको संख्या १ लाख ५६ हजार ४४४ रहेको छ । उनीहरूले यसै महिनाभित्र दोस्रो किस्ता लिन नसके लाभग्राहीबाट हट्ने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले यसअघि तोकेको समयसीमाभित्र सम्झौता नगर्ने र सम्झौता गरेर पनि पहिलो किस्ता नलिने साढे ६२ हजार भूकम्पपीडितको नामावली लाभग्राहीको सूचीबाट हटाएको थियो । प्राधिकरणले निजी आवास पुनर्निर्माणका लागि लाभग्राहीको सूचीमा समावेश भएर २१ असार २०७६ सम्म सम्झौता नगर्ने र असार मसान्तसम्म पहिलो किस्ता नलिने ६२ हजार ८४९ भूकम्प पीडितलाई लाभग्राहीको सूचीबाट हटाएको थियो । अनुदान लाभग्राहीमा परेर पनि सम्झौता नगर्ने ५७ हजार ३०९ थिए भने अनुदान सम्झौता गरेर पनि पहिलो किस्ता नलिने लाभग्राहीको संख्या ५ हजार ५४० रहेको थियो । उनीहरूलाई प्राधिकरणले लाभग्राहीको सूचीबाट हटाएको थियो ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले समयमा नै दोस्रो किस्ता लिएर आवास पुनर्निर्माण गर्न भूकम्पपीडितलाई आग्रह गरेका छन् ।

भूकम्पपीडितलाई सरकारले निजी आवास पुनर्निर्माणका लागि पहिलो किस्तामा ५० हजार, दोस्रोमा १ लाख ५० हजार र तेस्रो किस्तामा १ लाख रुपैयाँ अनुदान उपलब्ध गराउँदै आएको छ ।

प्राधिकरणको गत ३१ जेठमा बसेको निर्णयअनुसार असार मसान्तसम्म पहिलो किस्ता, कात्तिक मसान्तसम्म दोस्रो किस्ता र माघ मसान्तसम्म तेस्रो किस्ता लिइसक्नुपर्ने समयसीमा तोकेको छ । राजधानी दैनिकमा समाचार रहेको छ ।






Related Posts
  • कुवेतमा अचेत अवस्थामा उपचाररत सुरेश बहादुर खत्रीको निधन
  • नेपाली समाज युएई द्वारा एक दिने नि:शुल्क स्वास्थ्य परिक्षण सम्पन्न
  • गत हप्ता मुत्ला दुर्घटनामा परेका मृतकहरुको परिवारलाई सम्पर्कमा आउन दुतावासको अनुरोध
  • मोडल राज मल्लको “कुरा” बोलको गितको म्युजिक भिडियो सार्वजनिक
  • पछिल्ला सम्प्रेसणहरु

    भू.पू.सैनिक फोर थर्ड गोरखा राफल्सले ५८औँ ध्वजारोहण दिवस मनाए

    सञ्चारमन्त्री बाँस्कोटाले दिए राजीनामा

    कुवेतमा अचेत अवस्थामा उपचाररत सुरेश बहादुर खत्रीको निधन

    बिजनेष

    जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस