लमजुङ्ग समाज युएईले राहत कोष स्थापनार्थ “लमजुङ साँस्कृतिक साँझ २०७६”आयोजना गर्ने

परदेशी खबर, युएई। लमजुङ्ग समाज युएई’ले आगामी डिसेम्बर ०६ तारिख २०१९ शुक्रबार ‘आपतकालिन राहत कोष’ स्थापनार्थ “लमजुङ्ग सांस्कृतिक सांझ-२०७६” को आयोजना गर्ने भएको छ।

उक्त कार्यक्रमबाट संकलित रकम रोजगारीको सिलसिलामा प्रवास युएईमा रहेका तर बिशेष कारणबस संकटमा,आपतमा परेका लमजुङ्गेहरुको उद्दार, उत्थान र सहयोगमा खर्च गर्ने भएको छ ।कार्यक्रमको लागी आतिथी कलाकार नेपालबाट ख्यातिप्राप्त कलाकारहरु लोक गायक मिलन लामा र लोक गायिका शान्ती सुनार आफ्नो भव्य प्रस्तुती लिएर युएई आउने भएका छन भने कार्यक्रममा प्रवास युएईमा रहेका अति चर्चित स्थानिय कलाकार दिपक गुरुङ्ग लगायत अन्य ख्यातिप्राप्त स्थानिय कलाकारको पनि बेजोड सांस्कृतिक प्रस्तुती रहने भएको छ।

आपतकालिन राहत कोष’ स्थापना गर्ने जस्तो पवित्र उद्देश्य राखेर आयोजना गर्न लागेको “लमजुङ्ग सांस्कृतिक सांझ-२०७६” कार्यक्रमलाई भव्य रुपमा सु-सम्पन्न गराउनको निम्ती डिसेम्बर ०६ तारीख २०१९ शुक्रबारका दिन अन्य कार्यक्रमहरु नराखि दिन युएईमा स्थापित सम्पुर्ण संघ संस्थाहरु लाई लमजुङ समाज युएईले हार्दिक अपिल समेत गरेको छ भने युएईका ७ वटै प्रान्तमा रहेका सम्पुर्ण नेपालीजनलाई उक्त कार्यक्रममा गरिमामय उपस्थितिको लागि हार्दिक आमन्त्रण तथा अग्रिम निमन्त्रणा समेत लमजुङ समाज युएईका महासचिव शिवजंग गुरुङले गरेको छ।






Related Posts
  • तमु समाज युएईले आउदो जनवरी १० तारिख तमु च्यु ल्होसार भव्यता साथ मनाउदै
  • एनआरएनए कुवेतले इराकमा १४ वर्षदेखि अलपत्र परेकी एक नेपाली महिलाको उद्धार
  • नेपाल आदिवासी जनजाती महासंघ युएई द्वारा Learning & People Development तालिम सम्पन्न
  • काभ्रे कल्याणकारी कोष स्थापनार्थ बृहत सांस्कृतिक कार्यक्रम गर्दै
  • पछिल्ला सम्प्रेसणहरु

    तमु समाज युएईले आउदो जनवरी १० तारिख तमु च्यु ल्होसार भव्यता साथ मनाउदै

    अञ्जु थोकरको ‘सुन सुन साथी’ सार्वजनिक ( भिडियो सहित )

    एनआरएनए कुवेतले इराकमा १४ वर्षदेखि अलपत्र परेकी एक नेपाली महिलाको उद्धार

    बिजनेष

    जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस