आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024
FLASH NEWS

नेपाल मगर संघ शाखा युएईको १० औं महाधिवेशन बाट अध्यक्षमा शिला राना मगर निर्वाचित

परदेशी खबर २ कार्तिक २०७६, शनिबार ११:४६ मा प्रकाशित ( ४ साल अघि) २५८ पाठक संख्या

नेपाल मगर संघ शाखा युएईको १० औं महाधिवेशन यही २०१९ अक्टोबर १८ तारिख शुक्रबार युएई स्थित शिल्भर स्पुन नेपाली रेष्टुरेन्टको सभाहल वर दुबईमा नेपाल मगर संघ केन्द्रिय बिदेश सचिव एवं बिदेश बिभाग प्रमुख रक्षा बहादुर रैका मगरको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ।


उक्त १० औं महाधिवेशनले २०१९ – २०२१ कार्यकालको लागी शिला राना मगरको अध्यक्षतामा १६ जनाको केन्द्रिय कार्यसमिति चयन गरेको छ। वरिष्ठ उपाध्यक्षमा भुवन थापा मगर , उपाध्यक्षमा मोहन बुढाथोकी मगर,मनु थापा मगर र राजु बुढा मगर निर्वाचित भएको छ्न भने महासचिवमा नयन घर्ती मगर, उपमहासचिव राजेन्द्र थापा मगर ,सचिव सिता रजाली मगर , कोषाध्यक्षमा प्रदीप पुन मगर, प्रवक्तामा विष्णु घर्तीमगर निर्वाचित भएका छ्न।
त्यसैगरी सदस्यहरुमा अनिता आले मगर,नविन थापा मगर,शंकर राना मगर ,तारा राष्कोटी मगर , चुमन दर्लामी मगर र युवराज थापा मगर निर्वाचित भएका छन भने बांकी रिक्त रहेको पदपूर्ति महाधिवेशन पश्चात् पहिलो बैठकले चयन गर्ने भएको छ।

महाधिवेशन बाट निर्वाचित कार्यसमितिका पदाधिकारीहरु लाई प्रमुख अतिथि नेपाल मगर संघ केन्द्रिय बिदेश सचिव एवं बिदेश बिभाग प्रमुख रक्षा बहादुर रैका मगरले खादा ओढाएर प्रमाणपत्रका साथ पद तथा गोपिनियताको शपथ गराएका थिए ।