देउवाको गृह जिल्लामा पानीको अभावले अधिकांश विद्यालयका शौचालय प्रयोगविहीन

डडेल्धुरा / २ कार्तिक । डडेल्धुराका अधिकांश सामुदायिक विद्यालयका शौचालय पानी अभावका कारण प्रयोगविहीन भएका छन् । विद्यालयमा पानी नहुँदा ग्रामीण क्षेत्रमा रहेका विद्यालयका शौचालय देखाउनलाई मात्र निर्माण गरिए जस्तो भएको छ ।

“खानेपानीको समेत सुविधा नभएको विद्यालयमा शौचालयमा हाल्ने पानी कहाँबाट पाउनु”, शम्भुनाथ निमावी छचोडाका विद्यार्थी रमेश ताम्राकारले भने । यस ठाउँमा एक गाग्री पानी ल्याउन आधा घण्टा लाग्ने गरेका कारण थप समस्या आएको विद्यार्थीले बताएका छन् ।

“पिउने पानी त घरबाट ल्याउनुपर्छ अनि कसरी शौचालयमा पानी प्रयोग गर्नु ?” मणिलेक अधारभूत नवदुर्गा–१ निन्तोलाकी लक्ष्मीकुमारी बोहराले भने, “विद्यालयमा खानेपानीको धारा भए पनि पानी आउँदैन ।”

खोलाबाट पानी ल्याउन जाँदा र आउँदा आधा घण्टा बित्ने वीरबलभद्र मावि मैदेका विद्याथी ममता विक बताउनुहुन्छ । विद्यार्थीको काम विद्यालयमा आएर पानी बोक्ने नभई पढ्ने भए पनि पानी बोक्नुपर्ने बाध्यता रहेको विद्यार्थी लक्ष्मण रैकालले दुःख व्यक्त गरे । लाखौँ खर्च गरेर निर्माण गरिएका शौचालय प्रयोगविहीन हुँदा डडेल्धुरा खुला दिसामुक्त क्षेत्र घोषणामा मात्र सीमित भएको छ ।

विद्यालयमा शौचालय प्रयोगको अवस्था चिन्ताजनक भएको जिल्लास्थित सरोकारवालाले जनाएका छन् । “सदरमुकामकै विद्यालयको हालत यस्तो खराब छ भने ग्रामीण क्षेत्रका विद्यालयको झन् कस्तो होला सजिलै अनुमान लगाउन सकिन्छ”, नवदुर्गा–१ का मोहन बोहराले भने । डडेल्धुरा पूर्व प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला हो । रासस






Related Posts
  • अपडेटः कुवेतमा कोरोनाबाट सङ्क्रमितको संख्या २३५ पुग्यो,डब्लुएचओका अनुसार संक्रमण १९९ देशमा फैलियो
  • कोभिड–१९को कारण नेपाल कुवेत सरोकार समाजको छैटौं वार्षिक उत्सव तथा सांस्कृतिक कार्यक्रम स्थगित
  • covid-9 कोरोनालाई नियन्त्रण गर्न चीन कसरी सफल भयो
  • कल्याणकारी नेपाली यूवा समाज कुवेतद्वारा क्यान्सरबाट निधन भएकी प्रीति गुरुङलाई आर्थिक सहयोग
  • पछिल्ला सम्प्रेसणहरु

    कोरोनाबाट अमेरिकामा ‘दुई लाखको मृत्यु हुनसक्ने’ ट्रम्प कार्यदलका एक अग्रणी विज्ञको चेतावनी

    लकडाउन’मा सरकारको राहत प्याकेज : एक महिनाको घरभाडा मिनाह

    कुवेतमा झापाका जीवन पाठकको निधन

    बिजनेष

    किराया युएई द्वारा राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस