एनआरएनए अध्यक्षमा कुमार पन्त विजयी,महासचिवमा पन्त प्यानलका शर्मा


काठमाडौं,१ कार्तिक । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्त विजयी भएका छन् । काठमाडौंमा हिजो सम्पन्न निर्वाचनबाट अध्यक्षका अर्का प्रत्यासी कुल आचार्यलाई पछि पार्दै उनी अध्यक्ष चुनिएका हुन् ।

यस्तै उपाध्यक्षमा बद्री केसी, अर्जुन कुमार श्रेष्ठ, सोनम लामा, मन केसी र रविना थापा विजयी भएका छन् । त्यस्तै महासचिवमा हेमराज शर्मा र कोषाध्यक्षमा महेशकुमार श्रेष्ठ विजयी भएका छन् ।

सचिवमा गौरी जोशी, आरके शर्मा विजयी भए । यस्तै, सह–कोषाध्यक्षमा लोक दाहाल र भूमा लिम्बू विजयी भए । निर्वाचनमा पन्त र आचार्य प्यानल नै बनाएर चुनाव लडेका थिए ।

बुधबार विद्युतीय मेसिनबाट मतदान गर्ने प्रक्रिया नमिलेपछि बिहीबार मतपत्रबाट मतदान भएको थियो । दुई वर्षको नेतृत्व चयनका लागि भएको निर्वाचनमा २५ सइ ७० मतदाता रहेकोमा २३ सय ४० मत खसेको थियो ।






Related Posts
  • सर्जक प्रेम कटवालको शब्दमा राजु थापा मगरको “मेरी आमा“ म्युजिक भिडीयो सार्वजनिक
  • राष्ट्रिय पन्चे बाजा समुह नेपाल कुवेतको प्रथम अधिवेशन कार्यक्रमको लागि तयारी पुरा
  • कुवेतमा क्रीयाशिल तीन किराती संस्थाले संयुक्तरुपमा किरातीहरुको महान चाड उधौली मनाउने
  • भारत द्वारा लिपुलेक र लिम्पियाधुरा सिमा अतिक्रमण गरेकोमा जङगीए युवा
  • पछिल्ला सम्प्रेसणहरु

    सर्जक प्रेम कटवालको शब्दमा राजु थापा मगरको “मेरी आमा“ म्युजिक भिडीयो सार्वजनिक

    राष्ट्रिय पन्चे बाजा समुह नेपाल कुवेतको प्रथम अधिवेशन कार्यक्रमको लागि तयारी पुरा

    काभ्रेमा बस दुर्घट्ना, २५ घाइते, तीनको अवस्था गम्भीर (घाइते विवरण सहित)

    बिजनेष

    जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस