जिरीमा आजबाट सडक महोत्सव

नेपालको मिनी स्विट्जरल्यान्ड भनिने दोलखाको पर्यटकीय गन्तव्य जिरीमा  शुक्रबारदेखि सडक महोत्सव आयोजना हुने भएको छ । भिजिट नेपाल २०२० लाई लक्षित गर्दै पर्यटन क्षेत्रको विकास गर्न महोत्सवको आयोजना गरिएको हो । 

महोत्सवको उद्घाटन गर्न पर्यटनमन्त्री योगेश भट्टराई आउने मूल आयोजक समितिले जनाएको छ । तीन दिनसम्म चल्ने महोत्सवमा स्थानीय परिकार र उत्पादन बिक्री, कला र संस्कृति प्रदर्शनका साथै जिरीवरपरका पर्यटकीय क्षेत्रको भ्रमण गराइनेछ । जिरी नगरपालिकाले यो नगरलाई ‘क्लिन जिरी, ग्रिन जिरी र अर्गानिक जिरी’ भन्ने नारा बोकेर लामो समयदेखि अभियान चलाइरहेको छ । जिरी नगरपालिकासहित अन्य सामाजिक संघसंस्थाको सहयोगमा युवा सञ्जाल जिरीले महोत्सव आयोजनामा गर्न लागेको हो । 

महोत्सवमा जिरीका चिज, छुर्पी, चिया, आलु, ढिडा, आलुको रिल्दुक, कोदोको पोल्दोकजस्ता स्थानीय परिकार पर्यटकलाई खुवाउने तयारी छ । युवा सञ्जाल जिरीका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक  केन्द्रज्योति खड्काले जिरी हरहिसाबले पर्यटकका लागि उपयुक्त र रोमाञ्चक छ भन्ने सन्देश प्रवाह गरिने बताए । अध्यक्ष खड्काका अनुसार महोत्सवमा सडक क्षेत्रमा १६ वटा स्टल निर्माण भएका छन् । ती स्टलमा फरक–फरक परिकार तयार हुनेछन् । 

प्राकृतिक हिसाबले सुन्दर जिरी बजार वर्षौँदेखि आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने गरेको छ । नेपाल भ्रमण वर्षका अवसरमा अझ धेरै पर्यटकको गन्तव्य बनाउन विभिन्न मेला महोत्सव आयोजना गर्ने जिरी नगरपालिकाले उद्देश्य लिएको छ । नगरप्रमुख टंकबहादुर जिरेलले जिरीको मुख्य स्रोत पर्यटन भएकाले पर्यटन क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेर काम भइरहेको बताए । नगरप्रमुख जिरेलले प्रत्येक वडामा पर्यटन पार्क निर्माण भइसकेको र कतिपयमा धमाधम भइरहेको जानकारी दिए । यो खबर नयाँ पत्रिकाले प्रकाशित गरेका छन ।  






Related Posts
  • सर्जक प्रेम कटवालको शब्दमा राजु थापा मगरको “मेरी आमा“ म्युजिक भिडीयो सार्वजनिक
  • काभ्रेमा बस दुर्घट्ना, २५ घाइते, तीनको अवस्था गम्भीर (घाइते विवरण सहित)
  • सीमा सुरक्षा थप मजबुत बनाइँदै
  • दाङका जबिन्द्रको कुवेत आएको डेढ महिनामै निधन
  • पछिल्ला सम्प्रेसणहरु

    सर्जक प्रेम कटवालको शब्दमा राजु थापा मगरको “मेरी आमा“ म्युजिक भिडीयो सार्वजनिक

    राष्ट्रिय पन्चे बाजा समुह नेपाल कुवेतको प्रथम अधिवेशन कार्यक्रमको लागि तयारी पुरा

    काभ्रेमा बस दुर्घट्ना, २५ घाइते, तीनको अवस्था गम्भीर (घाइते विवरण सहित)

    बिजनेष

    जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस