आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

गैरआवासीय नेपाली संघको मतगणना जारी

परदेशी खबर १ कार्तिक २०७६, शुक्रबार ०१:२० मा प्रकाशित ( ४ साल अघि) ८९ पाठक संख्या

काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएनए)को मतगणना जारी छ। बिहीबार राति ११ बजेदेखि मतगणना सुरु भएको थियो। निर्वाचन आयुक्त शिव रिजालका अनुसार रातिदेखि अफ्रिका र ओसिएनको मतगणना जारी छ। उनका अनुसार पहिलो चरणको मतपरिणाम केही बेरमा आउने छ। 

आगामी दुई वर्षको नेतृत्व चयनका लागि भएको निर्वाचनमा दुई हजार ५७० मतदाता रहेकोमा दुई हजार ३४० मत खसेको थियो। बुधबार विद्युतीय मेसिनबाट मतदान गर्ने प्रक्रिया नमिलेपछि बिहीबार मतपत्रबाट मतदान भएको थियो। 

एनआरएनएको नेतृत्वका लागि कुल आचार्य र कुमार पन्त प्यानलबीच प्रतिस्पर्धा छ। केही पदमा भने निर्विरोध निर्वाचित भइसकेका छन्। यो खबर अन्नपूर्ण पोस्टले प्रकाशित गरेका छन ।