गैरआवासीय नेपाली संघ NRNA ले आज नयाँ नेतृत्व चयन गर्दै

काठमाडौं,२९असोज | अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आईसीसी) को नवौं अन्तर्राष्ट्रिय सम्मेलनले आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति चयन गर्दैछ ।

नयाँ कार्यसमिति निर्वाचनको लागि गठित निर्वाचन समितिले जारी गरेको सूचनाअनुसार आज उम्मेदवारी दर्ता, निर्वाचन देखि नतिजा घोषणासम्मको कार्यक्रम रहेको छ ।

बिहान साढे ८ बजे देखि १२ बजेसम्म क्षेत्रीय अध्यक्षहरुको रिपोर्ट पेस गर्ने, विधान संसोधन र साधारणसभाको निर्णय पढ्ने कार्यक्रम छ । त्यस्तै निर्वाचनका लागि उम्मेदवारी दर्ता, नामावली प्रकाशन लगायतका कार्यक्रम जारी रहनेछ । त्यसलगत्तै निर्वाचन सम्बन्धी कार्यक्रम अघि बढ्ने छ ।

यस्तो निर्वाचन तालिका

यसअघि निर्वाचन समितिले सार्वजनिक गरेको निर्वाचन सम्बन्धि कार्यक्रम तालिका अनुसार उम्मेदवारको मनोनयन दर्ता बिहान साढे १० बजेसम्म हुने र दर्ता सकिए लगत्तै उम्मेद्ववारको प्रथम नामावली प्रकाशन गरिने कार्यक्रम छ ।

उम्मेद्वारको मनोनयन उपर दावी/विरोध साढे ११ देखि साढे १२ बजेसम्म छ । आफ्नो नाम फिर्ता लिन इच्छुक उम्मेदवारले दिनको दिनको साढे १० बजेसम्म बजेसम्म लिन सक्नेछन् ।

दिनको २ बजे उम्मेद्ववारको अन्तिम नामावली प्रकाशन पछि दिउँसो ३ बजेदेखि साँझको ८ बजेसम्म निर्वाचन हुने कार्यक्रम छ ।

निर्वाचन सम्पन्न भएको १ घण्टा पश्चात मतगणना शुरु हुनेछ भने मतगणना सकिएपछि निर्वाचनको नतिजा घोषणा गर्ने कार्यक्रम जनाइएको छ । बिद्युतीय माध्यमबाट मतदानको प्रकृया सम्पन्न गरिने बताइएको छ ।

नयाँ कार्यसमितिका लागि अध्यक्षमा कुमार पन्त र कुल आचार्य प्रतिस्पर्धामा छन् । agency






Related Posts
  • नेपाली समाज युएई द्वारा एक दिने नि:शुल्क स्वास्थ्य परिक्षण सम्पन्न
  • गत हप्ता मुत्ला दुर्घटनामा परेका मृतकहरुको परिवारलाई सम्पर्कमा आउन दुतावासको अनुरोध
  • मोडल राज मल्लको “कुरा” बोलको गितको म्युजिक भिडियो सार्वजनिक
  • लुम्बिनी समाज नेपाल कुवेतले मृगौला पीडितलाइ नेरु. ७० हजार भन्दा बढी आर्थिक सहयोग
  • पछिल्ला सम्प्रेसणहरु

    चीनबाट फर्किएका सबै सकुशल

    तमु समाज युएई द्वारा आयोजित चेलीबेटी भोज (रि-च्हमी स्योकै) कार्यक्रम भव्यरुपमा सम्पन्न

    महरा रिहा, निजीगाडी चढेर खुमलटार लागे

    बिजनेष

    जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस