दोलखाको अकबरे कतार निर्यात

दोलखा : दोलखामा उत्पादन भएको अकबरे खुर्सानीखाडी मुलुक कतार निर्यात हुन थालेको छ। भीमेश्वर नगरपालिका–६ मा रहेको भीमेश्वर अर्गानिक एग्रिकल्चर एन्ड रिसर्च प्रालिले उत्पादन गरेको अकबरे खुर्सानीखाडी मुलुक कतार निर्यात सुरु भएको हो।

भीमेश्वर अर्गानिक एग्रिकल्चर एन्ड रिसर्च प्रालिले उत्पादन गरेको ५८ केजी ताजा अकबरे खुर्सानीअलसमन इन्टरनेसलन प्रालिमार्फत पहिलोपटक खाडी मुलुक कतार निर्यात गरिएको कम्पनीका अध्यक्ष भोला खतिवडाले बताए।

खाडी मुलुकमा ताजा अकबरे खुर्सानीको ठूलो माग छ। कतारमा ताजा अर्गानिक तरकारी निर्यात गरिरहेको अलसमन कम्पनीमार्फत दोलखाबाट पहिलो चरणमा अकबरे निर्यात सुरु गरिएको उनले जानकारी दिए। बिक्री हेरेर थप माग गर्ने कतारको खरिदकर्ताले जनाएको छ। अकबरेको स्वाद मन पराउने करिब एक लाख नेपाली कतारमा रोजगारीमा छन्।

किवी, एभोकाडो जस्ता फलका बिरुवाले उत्पादन दिन लामो समय लाग्ने भएकाले बिरुवा हुर्कनु अघि खाली रहेको जमिनमा रासायनिक मलको प्रयोग नगरी अकबरे खुर्सानीउत्पादन गरिएको छ। स्थानीय बजारमा प्रतिकेजी तीन सय रुपैयाँभन्दा बढीमा बिक्री हुने अकबरे बिक्री हुन्छ। आगामी दिनमा सर्वसाधारणले उत्पादन गरेको अकबरे खुर्सानीपनि खरिद गरी निर्यात गर्ने योजना रहेको अध्यक्ष खतिवडाले बताए।

दोलखाका उच्च भूभागबाहेक अन्यत्र प्रायः सबैतिर घरायसी प्रयोजनका लागि खेती गरिने अकबरे खुर्सानीको खेती उच्च पहाडदेखि गर्मी हावापानीमा समेत गर्न सकिन्छ। साविकको कृषि विकास कार्यालयले केही तत्कालीन सार्वजनिक गरेको तथ्यांकअनुसार दोलखा जिल्लामा करिब १० देखि १५ टनसम्म अकबरे खुर्सानीउत्पादन हुने गरेको थियो।

भीमेश्वर नगरपालिका–६ स्थित भीमेश्वर अर्गानिक एग्रिकल्चर एन्ड रिसर्च प्रालिले हाल सय रोपनी क्षेत्रफलमा किवी, एभोकाडो लगायत फलफूल तथा विभिन्न तरकारीको अर्गानिकखेती गरिरहेको अध्यक्ष खतिवडाले बताए।

रातो भइन्जेल अकबरे खुर्सानीबोटमा राख्दा कीराको संक्रमण बढ्ने तर हरियोमा टिम्दा भने कीराले खासै दुःख नदिने हुन्छ। उत्पादन पनि छिट्टै हुने हुँदा हरियो अकबरेको व्यवस्थित रूपमा निकासी गर्न सके किसानलाई ठूलो लाभ मिल्न सक्ने कृषि प्राविधिकको भनाइ छ। अन्नपूर्ण पोस्टले यो खबर प्रकाशित गरेका छन । 






Related Posts
  • सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने कि बोकेर घरतिर दौडने !
  • नेपाल मगर संघ शाखा युएईको १० औं महाधिवेशन बाट अध्यक्षमा शिला राना मगर निर्वाचित
  • आलम मुद्दामा बोली फेर्दै देउवा : कांग्रेस अनुसन्धानको विपक्षमा उभिन सक्दैन
  • स्थानीय जनप्रतिनिधिको पारिश्रमिक खारेज
  • पछिल्ला सम्प्रेसणहरु

    कश्मीरमा गोलाबारी चल्दा दुई भारतीय सैनिकको मृत्यु

    अनुदानबाट डेढ लाख भूकम्पपीडित फेरि हट्दै

    मन्त्रीको विदेश भ्रमण मोह : मन्त्रालयका काम प्रभावित

    बिजनेष

    जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस