पत्रकार शिवाकोटीलाई ‘इन्जा साहसी पत्रकारिता पुरस्कार’

काठमाडौं, २१ असोज : निवर्तमान सभामुख कृष्णबहादुर महराको यौन दुर्व्यवहार खुलासा गरेका पत्रकार अजयबाबु शिवाकोटीलाई यो वर्षको ‘इन्जा साहसी पत्रकारिता पुरस्कार’ प्रदान गरिने भएको छ ।

 

नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा) ले स्थापना गरेको ‘इन्जा साहसी पत्रकारिता पुरस्कार’ शिवाकोटीलाई प्रदान गरिने भएको हो ।

इन्जा मुख्यालय (अमेरिका, वासिङ्टन) ले विज्ञप्ति जारी गरी एक हजार अमेरिकी डलर राशि रहेको उक्त पुरस्कार यो वर्ष शिवाकोटीलाई दिने निर्णय गरिएको जनाएको छ ।

आउँदो नोभेम्बर १७ तारिखका दिन अमेरिकाको राजधानी वासिङ्टन डिसीमा भव्य समारोह आयोजना गरी उक्त पुरस्कार शिवाकोटीलाई दिइने इन्जा व्यवस्थापन समितिले जनाएको छ ।

शिवाकोटीले हालै तत्काली सभामुख कृष्णबहादुर महराले संसद् सचिवालयकै कर्मचारी रोशनी शाहीमाथि गरेको यौन दुर्व्यवहार खुलासा गरेका थिएन ।

शाहीको किटानी जाहेरीपछि पक्राउ परेका निवर्तमान सभामुख महरा अहिले हिरासतमा छन् । यौन दुर्व्यवहारको आरोपपछि महराले सभामुख पदबाट राजीनामा दिएका छन् । – न्युज२४बाट 






Related Posts
  • युएईमा कोभिड – १९ को नयाँ संक्रमित ६३५, संक्रमित संख्या ३५,१९२ र संक्रमित २ जनाको मृत्यु
  • कुवेतमा कोरोना संक्रमनबाट २७ हजार ७६२ सङ्क्रमित, ७१९ नयाँ संक्रमित, सात ८ जनाको मृत्‍यु (अपडेट)
  • थप २२६ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या १७ सय ९८ पुग्यो
  • एनआरएनए युएईले कोभिड -१९ का कारण बिचल्लीमा परेका नेपाली नागरिकहरुलाई निरन्तरतारुपमा राहत बितरण गर्दै
  • पछिल्ला सम्प्रेसणहरु

    युएईमा कोभिड – १९ को नयाँ संक्रमित ६३५, संक्रमित संख्या ३५,१९२ र संक्रमित २ जनाको मृत्यु

    कुवेतमा कोरोना संक्रमनबाट २७ हजार ७६२ सङ्क्रमित, ७१९ नयाँ संक्रमित, सात ८ जनाको मृत्‍यु (अपडेट)

    थप २२६ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या १७ सय ९८ पुग्यो

    बिजनेष

    आँखी झ्यालबाट लकडाउन

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस