सन्दीप लामिछानेले लिए चार विकेट

परदेशी खबर – पाँच देश सम्मिलित टी-२० क्रिकेट श्रृङ्खलाकाे दाेस्राे खेलमा सन्दीप लामिछानेले व्यक्तिगत चार विकेट लिएका छन् ।

उनले ४ ओभरकाे स्पेलमा २० रन खर्चेर महत्वपूर्ण चार विकेट हात पारेका हुन् ।

टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे नेदरल्याण्ड्सका टाेबियास भिसीलाई सन्दीप लामिछानेले आफ्नाे पहिलाे बलमै बाेल्ड गरेका हुन् । दाेस्राे ओभरमा बलिङ गर्न आएका लामिछानेले ओपनर भिसीलाई व्यक्तिगत ४ रनकाे अवस्थामा आउट गरेका हुन् ।

दाेस्राे विकेटका रुपमा ओ’दाउदलाई १५औँ ओभरकाे दाेस्राे बलमा पेभेलियन फर्काएका हुन् । 

तेस्राे र चाैथाे विकेट उनले १८ औँ ओभरमा लिएका हुन् । १८ औँ ओभरकाे दाेस्राे बलमा भ्यान डर मर्वे र चाैथाे बलमा स्नेटरलाई आउट गरेका हुन् । 

उनकाे पहिलाे विकेट बाेल्डका रुपमा आएकाे थियाे भने बाँकी तीन विकेट क्याचका रुपमा आएका थिए । उज्यालो अन्लाइनले यो खबर प्रकाशित गरेका छन ।  






Related Posts
  • सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने कि बोकेर घरतिर दौडने !
  • नेपाल मगर संघ शाखा युएईको १० औं महाधिवेशन बाट अध्यक्षमा शिला राना मगर निर्वाचित
  • आलम मुद्दामा बोली फेर्दै देउवा : कांग्रेस अनुसन्धानको विपक्षमा उभिन सक्दैन
  • स्थानीय जनप्रतिनिधिको पारिश्रमिक खारेज
  • पछिल्ला सम्प्रेसणहरु

    कश्मीरमा गोलाबारी चल्दा दुई भारतीय सैनिकको मृत्यु

    अनुदानबाट डेढ लाख भूकम्पपीडित फेरि हट्दै

    मन्त्रीको विदेश भ्रमण मोह : मन्त्रालयका काम प्रभावित

    बिजनेष

    जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस