हिरासतमा रहेका महरा बिरामी, उच्च रक्तचापसँगै स्वास-प्रश्वासको समस्या

काठमाडाैँ, २० असाेज । यौन दुव्र्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरामा स्वास्थ्य समस्या देखिएको छ ।

सिंहदरबारस्थित महानगरीय प्रहरी वृत्तको हिरासत कक्षमा रहेका महरालाई उच्च रक्तचापसँगै श्वास-प्रश्वासको समस्या देखिएको हो । महरालाई हिरासत कक्षमै अक्सिजन दिइएको छ ।

संसद् सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि जबरजस्ती करणीकाे प्रयास गरेको आरोपमा महरालाई आइतबार साँझ प्रहरीले बालुवाटारस्थित सभामुख निवासबाटै पक्राउ गरेको थियो ।

गएराति त्रिवि शिक्षण अस्पतालमा महराको स्वास्थ्य परीक्षण गरिएको छ । प्रहरीले उनको नियमित तथा फोरेन्सिक दुवै तरिकाबाट स्वास्थ्य जाँच गरेको थियो ।

प्रहरीको प्रारम्भिक अनुसन्धनबाट यही असोज १२ गते राति तत्कालीन सभामुख महरा तीनकुनेस्थित रोशनीको कोठामा गएको पुष्टि भएको थियो । उनकाे बयान लिएर अनुसन्धान अघि बढाउने प्रहरीकाे भनाइ छ । न्युज२४ले यो खबर प्रकाशित गरेका छन ।  






Related Posts
  • सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने कि बोकेर घरतिर दौडने !
  • नेपाल मगर संघ शाखा युएईको १० औं महाधिवेशन बाट अध्यक्षमा शिला राना मगर निर्वाचित
  • आलम मुद्दामा बोली फेर्दै देउवा : कांग्रेस अनुसन्धानको विपक्षमा उभिन सक्दैन
  • स्थानीय जनप्रतिनिधिको पारिश्रमिक खारेज
  • पछिल्ला सम्प्रेसणहरु

    कश्मीरमा गोलाबारी चल्दा दुई भारतीय सैनिकको मृत्यु

    अनुदानबाट डेढ लाख भूकम्पपीडित फेरि हट्दै

    मन्त्रीको विदेश भ्रमण मोह : मन्त्रालयका काम प्रभावित

    बिजनेष

    जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस