बेकारको वार्ता अमेरिकासँग अब हुँदैन : उत्तर कोरिया


प्योङयाङ, २० असोज । अमेरिकाद्वारा आफूविरुद्ध शत्रुता अन्त्य गर्नका लागि चालिएको कदमदेखि लिएर परमाणु वार्ता जारी राख्ने कुनै उद्देश्य नभएको आइतबार उत्तर कोरियाले बताएको छ । स्विडेनमा वार्ता रोकिनुभन्दा एक दिनअघि उत्तर कोरियाले यस्तो धारणा सार्वजनिक गरेको हो ।

उत्तर कोरियाली नेता किम जोङ उन र अमेरिकी कारष्ट्रपति डोनाल्ड ट्रम्पबीच फेबु्रअरीमा सम्पन्न बैठकपश्चात् महिनौंसम्मको गतिरोधपछि यस्तो चर्चा भएको हो ।

स्विडेनमा भएको दुई देशबीचको वार्तालाई बीचमै छाडेर उत्तर कोरियाले अमेरिकाले समस्या समाधानका लागि कुनै नयाँ र रचनात्मक उपाय पेश नगर्नु निराशाजनक अवस्था रहेको बताएको छ ।

उता, अमेरिकाले भने दुई सातामा पुनः बैठक गर्न आफू इच्छुक रहेको जानकारी दिएको छ । उत्तर कोरियाले भने एउटा अर्को वार्ताको चर्चा गर्नु बेमतलबको कुरा भएको धारणा राखेको छ । उत्तर कोरियाली विदेश मन्त्रालयका प्रवक्ताले भनेका छन्, ‘‘अमेरिकाको अर्को बैठकको यस्तो दाबी बेकार छ । हामी यस्तो बैठक गर्ने चाहना राख्दैनौं ।’’

उत्तर कोरियाली समाचार एजेन्सीका अनुसार, अमेरिकाले आफ्नो पुरानो रवैया नछाड्ने हो भने वार्ता तत्कालै टु्ट्न सक्ने चेतावनीसमेत प्रवक्ताले दिएका छन् । ‘‘अमेरिकाद्वारा शत्रुतापूर्ण नीतिहरुको अन्त्य गर्नका लागि व्यावहारिक कदम उठाउने कुरामा यस्तोखाले वार्ता गर्न प्योङयाङको कुनै चाहना छैन,’’ उनले भने ।

उत्तर कोरियाको वार्ताको भविष्य अमेरिकाको हातमा रहेको र यसको समयसीमा यो वर्षको अन्त्यसम्ममात्रै रहेको पनि उनले बताएका छन् ।

उता, अमेरिकाले भने दुई देशबीचको बैठकमा यस विषयमा रामै्र चर्चा भएको बताउँदै आएको छ । उत्तर कोरियाले विस्तारै समाधानको बाटोमा हिँड्ने विश्वास पनि अमेरिकाले गरेको बताइन्छ । – नवभारत टाइम्स






Related Posts
  • कश्मीरमा गोलाबारी चल्दा दुई भारतीय सैनिकको मृत्यु
  • अनुदानबाट डेढ लाख भूकम्पपीडित फेरि  हट्दै अनुदानबाट डेढ लाख भूकम्पपीडित फेरि हट्दै
  • मन्त्रीको विदेश भ्रमण मोह : मन्त्रालयका काम प्रभावित
  • नेपाल स्काउटको जग्गा निजी कम्पनीको कब्जामा : पदाधिकारीकै संलग्नतामा १६ रोपनी जग्गा अतिक्रमण
  • पछिल्ला सम्प्रेसणहरु

    कश्मीरमा गोलाबारी चल्दा दुई भारतीय सैनिकको मृत्यु

    अनुदानबाट डेढ लाख भूकम्पपीडित फेरि हट्दै

    मन्त्रीको विदेश भ्रमण मोह : मन्त्रालयका काम प्रभावित

    बिजनेष

    जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस