आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024
FLASH NEWS

महरालाई पक्राउ गर्न अदालतले दियो अनुमति

परदेशी खबर १९ आश्विन २०७६, आईतवार १२:०५ मा प्रकाशित ( ४ साल अघि) ८४ पाठक संख्या

काठमाडौं : बलात्कार प्रयास गरेको अभियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पक्राउ गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ। 

काठमाडौं जिल्ला अदालतका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलाशले महरालाई पक्राउ गर्न अनुमति दिएको हो।

प्रहरीले जिल्ला अदालत काठमाडौंमा पक्राउ पूर्जी जारी गर्न आइतबार दिउँसो निवेदन दिएको थियो। 

काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले अदालतबाट पक्राउ पूर्जी जारी गर्नका लागि कानुनी प्रक्रिया पूरा भएको अन्नपूर्ण अनलाइनलाई बताएका थिए।

‘पक्राउ पूर्जी लिन काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ’, सुवेदीले भने।

महराविरुद्ध संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीले बलात्कार प्रयास गरेको अभियोगसहित प्रहरीमा किटानी जाहेरी दिएकी छन्। अन्नपूर्ण पोस्टले यो खबर प्रकाशित गरेका छन ।