कुवेतमा मुन्द्रे र जीवन शर्माको साथ मुन्द्रे एण्ड शर्मा शो सम्पन्न

परदेशी खबर/ १०,कुवेत । लाली गुराँस सांस्कृतिक परिवार नेपाल कुवेतको आयोजनामा हिन्दु धर्मावलम्बिहरुको पर्व दशैँ तथा तिहारको अवसर शुभकामना आदानप्रदानको साथ अथिति कलाकार जितु नेपाल मुन्द्रे र जीवन शर्माको साथमा मुन्द्रे एण्ड शर्मा शो सम्पन्न भएको छ ।

कुवेतको खेतान स्थित राजधानी होटेलमा सम्पन्न उक्त कार्यक्रममा कमेडियन जितु नेपाल मुन्द्रेको विभिन्न हास्यप्रहार प्रस्तुतिको साथमा जनवादी गायक जीवन शर्माको आफ्नो चर्चित गीतहरु द्वारा रोजगारीको लागि कुवेतमा रहेका नेपाली समुदायलाई मनोरंजन दिएका थिए ।

लालीगुराँस सांस्कृतिक परिवार नेपाल- कुवेतका अध्यक्ष माधव पौडेल(असल यात्री)को सभापतित्व तथा कुवेतका लागि नेपालि राजदुत दुर्गाप्रसाद भण्डारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पन्चेबाजा बजाउदै अथितिलाई स्वागत गरि पुजा गर्दै जमरा टीका लगाई कार्यक्रमको सुरुवात गरिएको थियो ।






Related Posts
  • कश्मीरमा गोलाबारी चल्दा दुई भारतीय सैनिकको मृत्यु
  • अनुदानबाट डेढ लाख भूकम्पपीडित फेरि  हट्दै अनुदानबाट डेढ लाख भूकम्पपीडित फेरि हट्दै
  • मन्त्रीको विदेश भ्रमण मोह : मन्त्रालयका काम प्रभावित
  • नेपाल स्काउटको जग्गा निजी कम्पनीको कब्जामा : पदाधिकारीकै संलग्नतामा १६ रोपनी जग्गा अतिक्रमण
  • पछिल्ला सम्प्रेसणहरु

    कश्मीरमा गोलाबारी चल्दा दुई भारतीय सैनिकको मृत्यु

    अनुदानबाट डेढ लाख भूकम्पपीडित फेरि हट्दै

    मन्त्रीको विदेश भ्रमण मोह : मन्त्रालयका काम प्रभावित

    बिजनेष

    जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस