आज: ६ बैशाख २०८१, बिहीबार | Thu, 18, Apr, 2024
FLASH NEWS

ब्रेकिङ: सिन्धुली र काभ्रेको सिमानामा गाडी दुर्घट्ना, ३ को घट्नास्थलमै मृत्यु

परदेशी खबर १८ आश्विन २०७६, शनिबार १०:३६ मा प्रकाशित ( ४ साल अघि) १४९ पाठक संख्या

काभ्रे । सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिका र काभ्रेको रोशी गाउँपालिकाको सिमानामा बस दुर्घट्ना भएकोछ । दिउँसो करिब १ बजे काठमाडौंबाट रिजर्भमा लगिएको गाडी उक्त स्थानमा दुर्घट्ना भएको तेमाल गाउँपालिका वडा नं. ९ का वडा अध्यक्ष चन्द्रबहादुर लामाले जानकारी दिएको हो ।

दुर्घट्नामा परि ३ जनाको घट्नास्थलमै मृत्यु भएको वडा अध्यक्ष लामाले बताए । करिब ३५ जना घाइते हुनसक्ने लामाले अनुमन लगाएकाछन् । बा ३ ख २३ ५९ नं. को उक्त बस काठमाडौंबाट विराटनगर जाने क्रममा अनियन्त्रित भई दुर्घट्ना भएको बुझिएको छ । तेलाम अनलाइनले यो खबर प्रकाशित गरेका छन ।  

अहिले नेपालथोक प्रहरी चौकी र मंगलटार इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उद्धार गरिरहेको मंगलटार इलाका प्रहरी कार्यालयका प्रमुख इन्पेक्टर धर्मजंग थिङले जानकारी दिए । ‘के कति क्षति भयो र के कारणले दुर्घट्ना भयो थाहा पाउन सकेको छैन ।’ इन्सपेक्टर थिङले भने, ‘उद्धार र विवरण संकलन गर्ने क्रममै छौं ।’

मृतक र घाइतेहरुको पूर्ण विवरण आउन बाँकी नै छ ।