रोशनीले दिइन् महराविरुद्ध बलात्कार प्रयासको उजुरी

काठमाडौं : निवर्तमान सभामुख कृष्णबहादुर महाराविरुद्ध बलात्कार प्रयास गरेको भन्दै रोशनी शाहीले प्रहरीमा उजुरी दिएकी छन्। 

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) शैलेस थापा क्षेत्रीकाअनुसार शाहीले महानगरी प्रहरी वृत्त बानेश्वरमा शनिबार उजुरी दिएकी हुन्। 

‘उजुरी परेसँगै पक्राउ गरी अनुसन्धान गर्ने बाटो प्रहरीलाई खुलेको छ,’ डीआईजी क्षेत्रीले भने, ‘उजुरीअनुसार अब उहाँ  (महरा)लाई पक्राउ गरी कानुनी प्रक्रियामा जान्छौँ ।’

रोशनी शाहीले गत आइतबार बेलुकी महराले कोठामा आइ बलात्कार गरेको आरोप लगाएकी थिइन् ।  सोमबार एक मिडियामा भिडियोसहित उनका बारेमा समाचार आयो । लगातार अन्य मिडियाबाट पनि समाचार आउन लागे । त्यसको १२ घण्टा नबित्दै शाहीले आफूमाथि महराले कुनै प्रकारको दुर्व्यवहार नगरेको समाचार र भिडियो सार्वजनिक गरिन् । यसै घटनाले गर्दा महाराले सभामुख पदबाट राजिनामा पनि दिएका छन् । यो खबर अन्नपूर्ण पोस्टले प्रकाशित गरेका छन ।  






Related Posts
  • चीनबाट फर्किएका सबै सकुशल
  • तमु समाज युएई द्वारा आयोजित चेलीबेटी भोज (रि-च्हमी स्योकै) कार्यक्रम भव्यरुपमा सम्पन्न
  • महरा रिहा, निजीगाडी चढेर खुमलटार लागे
  • जग्गा खोस्न मन्त्रीकै एक्सन
  • पछिल्ला सम्प्रेसणहरु

    चीनबाट फर्किएका सबै सकुशल

    तमु समाज युएई द्वारा आयोजित चेलीबेटी भोज (रि-च्हमी स्योकै) कार्यक्रम भव्यरुपमा सम्पन्न

    महरा रिहा, निजीगाडी चढेर खुमलटार लागे

    बिजनेष

    जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस