पाकिस्तानसँगको द्वन्द्वमा आफ्नै हेलिकोप्टरलाई लागेको भारतद्वारा स्वीकार


नयाँ दिल्ली । गत फेब्रुअरीमा पाकिस्तानसँग काश्मिर बिषयमा भएको द्वन्द्वका क्रममा भारतीय वायु सेनाले हानेको मिसाएल लागि आफ्नै हेलिकोप्टर खस्दा छ जनाको मृत्यु भएको शुक्रबार पहिलोपटक पुष्टि गरेको छ ।

‘गत फेब्रुअरीमा हाम्रो पक्षबाट छोडिएको मिसाइलले भुलवस आफ्नै हेलिकोप्टरलाई लाग्दा यसमा रहेका चालक दलका सदस्यसहित छ जनाको मृत्यु हुन पुगेको अनुसन्धानपछि पुष्टि भएको छ,’ वायुसेना प्रमुख राकेस कुमार भदौरियाले बताएका छन् ।

‘हामी विश्वस्त पार्न चाहन्छौँ कि यस्तो गल्ती भविष्यमा दोहोरिने छैन,’ उनले सञ्चारकर्मीहरूलाई बताए ।

काश्मिर क्षेत्रमा भारत र पाकिस्तानबीच फेब्रअरी २७ मा भारतीय हेलिकोप्टर दुर्घटनाग्रस्त भएको थियो ।

पाकिस्तानी क्षेत्रमा रहेको पाकिस्तानी लडाकू समूह जैस–ए–मोहमदको बालाकोटस्थित ‘शिविर’माथि हमला गरेको एक दिनपछि भारतीय हेलिकोप्टर पाकिस्तानी क्षेत्रमा खसेको थियो । उक्त घटना पाकिस्तानी भूमिमा संगठित जैस–ए–मोहमदले काश्मिरको पुलवामा आक्रमण गरी ४० भारतीय स्थल सेनाको हत्या गरेपछि भएको थियो । -रासस/एएफपी






Related Posts
  • पोखरा र लमजुङमा पहिरो जाँदा ७ जनाको मृत्यु, ९ जना घाइते
  • खुल्यो छोटो दूरीको सार्वजनिक यातायात
  • नेपालमा भारतीय न्युज च्यानलहरू बन्द
  • मोरङका एक नेपालीको कोरियामा सुतेकै अवस्थामा मृत भेटिए
  • पछिल्ला सम्प्रेसणहरु

    कुवेतमा कोरोना संक्रमनबाट ५३ हजार ५८० सङ्क्रमित, ७४० नयाँ संक्रमित, एक जनाको मृत्‍यु (अपडेट)

    थप ११८जनामा कोरोना पुष्टि : संक्रमितको संख्या १६ हजार ६४९ पुग्यो

    पोखरा र लमजुङमा पहिरो जाँदा ७ जनाको मृत्यु, ९ जना घाइते

    बिजनेष

    आँखी झ्यालबाट लकडाउन

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस