राष्ट्रपति सीको भ्रमण सुरक्षा तयारी बुझेर फर्कियो चिनियाँ सेना


काठमाडौँ,१८असोज | चिनियाँ जनमुक्ति सेना (पीएलए) को उच्चस्तरीय टोली राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमण सुरक्षा तयारीबारे जानकारी लिएर फर्किएको छ । सुरक्षा स्रोतका अनुसार गत साता काठमाडौं आएको टोलीले सीमित सरकारी अधिकारीसँग मात्रै भेटेको थियो ।

चिनियाँ सेनाको टोलीले सीको भ्रमण सुरक्षा तयारी प्रभावकारी बनाएको भन्दै खुसी व्यक्त गरेको थियो । सीको सुरक्षार्थ तैनाथ चिनियाँ सेनासँग भएको गोप्य छलफलपछि छुट्टाछुट्टै सुरक्षा रणनीति बनाएर व्यवस्थापन भइरहेको स्रोतले जनाएको छ । सरकारले राष्ट्रपति सीको नेपाल भ्रमण र त्यसबेला अपनाइने सुरक्षालाई ‘जेट प्लस’ रणनीति अपनाएको छ । मध्यम, विशिष्ट, अतिविशिष्ट र त्यसमाथिको सम्मान र सुरक्षा प्रदान गर्दा क्रमशः ‘एक्स’, ‘वाई’, ‘जेट’ र ‘जेट–प्लस’ रणनीति अपनाइने गरिन्छ ।

सेना, प्रहरी र सशस्त्र तथा गृह मन्त्रालयका अधिकारीले भ्रमण तयारीबारे औपचारिक बोल्न चाहेनन् । नेपाली सेनाको ‘विशिष्ट व्यक्ति सुरक्षा निर्देशनालय’ले सीको भ्रमण सुरक्षा तयारीको गोप्य खाका बनाइसकेको छ । त्यही खाकाअनुसार उपत्यका पृतनापति उपरथी निरञ्जनकुमार श्रेष्ठको संयोजकत्वमा सेना, प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अधिकृतहरू सम्मिलित टोलीले सम्पूर्ण सुरक्षा व्यवस्थापन गर्नेछ । जनमुक्ति सेनाको ब्रिफिङपछि चीनबाट बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एयर चाइनाको जहाजले ‘टेस्ट फ्लाइट’ गरेको थियो ।

नेपालको राजकीय भ्रमणमा सीको नेतृत्वमा उच्चस्तरीय प्रतिनिधिमण्डल कारकेड सवारीसहित एयर चाइनाका २ वटा जहाज लिएर आउने स्रोतको भनाइ छ । सरकारले सीको भ्रमणका दिन सार्वजनिक बिदा दिनेसमेत तयारी गरेको गृह मन्त्रालय स्रोतले जनाएको छ ।

२०७३ कात्तिकमा भारतीय राष्ट्रपति प्रणव मुखर्जीको राजकीय भ्रमणमा पनि नेपाल सरकारले सार्वजनिक बिदा दिएको थियो । असोज २५, २६ र २७ मध्ये जुनसुकै दिन सीको भ्रमण हुन सक्ने बताइए पनि असोज २५ गते आएर २६ गते राष्ट्रपति फिर्ता हुन सक्ने र त्यसैअनुसार तयारी भइरहेको स्रोतको भनाइ छ ।

कान्तिपुर बाट साभार






Related Posts
  • भदौ १५ सम्म हवाई सेवा बन्द गर्ने मन्‍त्रिपरिषद् निर्णय
  • बेरुत बन्दरगाह बिस्फोट स्थलमा १४१ फिट गहिरो खाडल
  • युएईमा कोभिड – १९ को नयाँ संक्रमित २३९ र संक्रमित संख्या ६२,३००
  • कुबेतबाट फर्कनेसँग ट्राभल एजेन्टहरूले २० प्रतिशत बढी असुली, वैदेशिक रोजगारीमा श्रमिक निरन्तर ज्यादतीमा
  • पछिल्ला सम्प्रेसणहरु

    ५२५ जना कोरोना संक्रमित थपिएसँगै संक्रमितको कुल संख्या २४ हजार ९५७ पुग्यो

    कुवेतमा कोरोना संक्रमनबाट ७४ हजार ४८६ सङ्क्रमित, ७०१ नयाँ संक्रमित (अपडेट)

    कुवेतमा कोरोना संक्रमनबाट ७३ हजार ७८५ सङ्क्रमित, ७१७ नयाँ संक्रमित, तीन जनाको मृत्‍यु (अपडेट)

    बिजनेष

    सुनको मूल्य नाघ्यो लाख ,तोलाको १ लाख १ हजार ४ सय

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस