सरकारको १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य प्रभावित हुने संकेत

काठमाडौं, १५ असाेज । हाइड्रोपावर कम्पनीको सेयरमा लगानीकर्ताको चासो घटेपछि सरकारको १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य प्रभावित हुने देखिएको छ ।

सूचीकृत कम्पनीको ५ प्रतिशत लाभांश पाउनसमेत लगानीकर्ताले वर्षाै कुर्नुपर्ने र हालसम्ममा निजी हाइड्रो कम्पनीको सम्बन्धमा नीतिगत स्पष्टता नहँुदा लगानीकर्ताको चासो दिन प्रतिदिन घट्दै गएको हो ।

स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्पान)का उपाध्यक्ष कुमार पाण्डेका अनुसार जलविद्युत् कम्पनीले लगानीकर्तालाई रिटर्न दिन नसक्नु नै जलविद्युत्को सेयर घट्नुको प्रमुख कारण हो ।

उनले भने, ‘हाइड्रोपावर कम्पनीहरू निश्चित आम्दानी भएको क्षेत्र हो, यसमा अन्य क्षेत्र जस्तो उल्लेख्य आम्दानी हुँदैन, त्यसमा पनि सरकारले दिने सहुलियत पाएकै छैन, प्राधिकरणले विभिन्न किसिमका पेनाल्टी लगाएकै कारण धेरै जलविद्युत् कम्पनी रुग्ण अवस्थामा हुँदा यसको प्रत्यक्ष प्रभाव दोस्रो बजारमा परेको हो ।’

नेपालको पानी जनताको लगानी, हरेक नेपालीको सेयरमा लगानी भन्दै नारा लगाउँदै आएको सरकारको कमजोर नियमन र स्पष्ट कानुनी व्यवस्था नहुँदा अब आउने जलविद्युत्को सेयरमा लगानी नै नआउने संकेत देखिन थालेको छ ।

यतिबेला दोस्रो बजारमा सूचीकृत भएका ३२ वटा जलविद्युत् कम्पनीमध्ये १८ वटा कम्पनीको सेयरको मूल्य अंकित (सय)भन्दा तल छ ।

त्यसमा पनि पाँचवटा कम्पनीको सेयर मूल्य ५० रुपैयाँदेखि ६० को आसपासमा छ । बजारको स्थिति हेर्दा अब आउने आईपीओमा लगानीकर्ताले सेयर नै नभर्ने स्थिति पैदा भएको छ । राजधानी दैनिकले समाचार छापेकाे छ ।






Related Posts
  • कुवेतमा किरातीहरुले आगामि डिसेम्बर १३ मा मनाउने महान चाड उधौली कार्यक्रमको सम्पुर्ण तयारि पुरा कुवेतमा किरातीहरुले आगामि डिसेम्बर १३ मा मनाउने महान चाड उधौली कार्यक्रमको सम्पुर्ण तयारि पुरा
  • तमू समाज कुवेतले १० जनावरी तमू (च्यु) ल्हाेसार कार्यक्रम गर्दै
  • १३ औं साग : नेपाललाई दोस्रो दिन १५ स्वर्ण, क–कसले दिलाए पदक ? (सुचीसहित)
  • आगामी डिसेम्बर १३ तारिख युएईमा संयुक्त रुपमा उधौली साकेला भब्य मनाउदै ।
  • पछिल्ला सम्प्रेसणहरु

    नेपाली दूतावास कुवेतद्वारा भिजिट नेपाल २०२० सफल पार्नको लागि छलफल कार्यक्रम सम्पन्न

    कुन्साङ वाईबाको डम्फु ह्राप्सी गितको भिडियो सार्वजनिक (भिडियो सहित)

    कुवेतमा किरातीहरुले आगामि डिसेम्बर १३ मा मनाउने महान चाड उधौली कार्यक्रमको सम्पुर्ण तयारि पुरा

    बिजनेष

    जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस