खस्कँदै स्थानीय तहका सेवा प्रवाह : क्षमता वृद्धि कार्यक्रममा ढिलाइ

?????????????????????????????????????????????????????????

काठमाडौं, १५ असाेज । क्षमता अभावका कारण स्थानीय तहमा विकास निर्माण तथा समग्र सेवा प्रवाह खस्कँदै गएको पाइएको छ ।

स्थानीय सरकारको प्रभावकारिताका लागि जनप्रतिनिधि र कर्मचारीको क्षमता अभिवृद्धि कार्यक्रम प्रभावकारी हुन नसक्दा समग्र कार्यसम्पादनमा असर परेको स्थानीय तहले गुनासो व्यक्त गरेका हुन् ।

स्थानीय तहका सरकारलाई प्रभावकारी रूपमा सञ्चालन गर्नका लागि त्यहाँका जनप्रतिनिधि र कर्मचारीलाई आवश्यक पर्ने क्षमता अभिवृद्धिका कार्यक्रमलाई केन्द्रीय सरकारले कार्यान्वयन गर्न नसक्दा यस्तो समस्या उत्पन्न भएको संघीयताका जानकार बताँउछन् ।

अधिकांश गाउँपालिका र नगरपालिकामा कार्यरत जनप्रतिनिधि र कर्मचारीमा सरकार सञ्चालनका लागि आवश्यक क्षमता र विषयगत ज्ञानको अभावमा प्रभावकारी सेवा प्रवाहमा समस्या उत्पन्न भएको जानकारको भनाइ छ ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले प्रभावकारी सेवा प्रवाहका लागि स्थानीय तहमा क्षमता अभिवृद्धिका कार्यक्रम अपुग रहेको स्वीकार गरेको छ ।

मन्त्रालयका सहसचिव जयनारायण आचार्यले स्थानीय तहका लागि क्षमता अभिवृद्धिका कार्यक्रमलाई प्रभावकारी र व्यवस्थित रूपमा अगाडि बढाउने तयारी भइरहेको बताए ।

‘यसका लागि स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको संरचनालाई परिवर्तन गरेर प्रदेश स्तरमा प्रदेश सुशासन केन्द्रका रूपमा स्थापना गर्ने तयारी भइरहेको छ,’ उनले भने ।

उनले यसअघि विभिन्न मन्त्रालयमार्फत क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्ने गरेकोमा यस वर्षदेखि त्यस्ता कार्यक्रमलाई एकीकृत गरी सञ्चालन गर्ने तयारी भइरहेको बताए । राजधानी दैनिकले खबर छापेकाे छ ।






Related Posts
  • तमु समाज युएईले आउदो जनवरी १० तारिख तमु च्यु ल्होसार भव्यता साथ मनाउदै
  • एनआरएनए कुवेतले इराकमा १४ वर्षदेखि अलपत्र परेकी एक नेपाली महिलाको उद्धार
  • नेपाल आदिवासी जनजाती महासंघ युएई द्वारा Learning & People Development तालिम सम्पन्न
  • काभ्रे कल्याणकारी कोष स्थापनार्थ बृहत सांस्कृतिक कार्यक्रम गर्दै
  • पछिल्ला सम्प्रेसणहरु

    तमु समाज युएईले आउदो जनवरी १० तारिख तमु च्यु ल्होसार भव्यता साथ मनाउदै

    अञ्जु थोकरको ‘सुन सुन साथी’ सार्वजनिक ( भिडियो सहित )

    एनआरएनए कुवेतले इराकमा १४ वर्षदेखि अलपत्र परेकी एक नेपाली महिलाको उद्धार

    बिजनेष

    जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस