आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024
FLASH NEWS

कुवेतमा ११० औं लक्ष्मी जयन्तीको साथमा रचना वाचन कार्यक्रम हुँदै

परदेशी खबर १३ आश्विन २०७६, सोमबार ०५:३७ मा प्रकाशित ( ४ साल अघि) ९११ पाठक संख्या


परदेशी खबर/ सेप्त्व्म्बर ३०, कुवेत । अन्तरराष्ट्रिय नेपाली साहित्य समाज कुवेतको आयोजनामा ११० औं लक्ष्मी जयन्तीको साथमा रचना वाचन कार्यक्रम हुने भएको छ ।

हरेक वर्ष महाकवी लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तिको अवसरमा नेपाल तथा विभिन्न देशमा छरिएर रहेका साहित्य सर्जकहरुले विभिन्न कार्यक्रम गरे मनाउदै आइरहेका लक्ष्मी जयन्ती कुवेतमा पनि रचना वाचन गरि मनाउन लागिएको कार्यक्रम संयोजक गोबिन्द प्रसाद तिमल्सिनाले परदेशी खबरलाई बताएका छन् ।

अक्टोबर २५ तारिख शुक्रबारको दिन रचना वाचन गरि मनाउन लागिएको कार्यक्रमको स्थान भने अहिले तोकिएको छैन । दिउँसो १२:३० देखि सुरु हुने कार्यक्रममा रोजगारीको शिलशिलामा कुवेतमा रहेका साहित्यलाई माया गर्ने तथा साहित्य सर्जकहरुको उपस्थिति भएर भव्यताका साथ सफल पारिदिन आयोजकद्वारा अनुरोध गरिएको छ ।

मिति :- २५ अक्टोबर २०१९
समय :- १३:३० दिउँसो
स्थाना :- तय हुन् बाँकी
आयोजक :- अन्तरराष्ट्रिय नेपाली साहित्य समाज कुवेत
कार्यक्रम संयोजक गोबिन्द प्रसाद तिमिल्सिना