नेपाली जनसम्पर्क समिति कुवेतको अधिवेशन सम्पन्न, सभापतिमा राजेन्द्र बिरही चयन

परदेशी खबर / सेप्टेम्बर २८,कुवेतl कांग्रेसका भात्री संगठन नेपाली जनसम्पर्क समिति कुवेतको तेश्रो अधिवेशन तथा ८ औं बार्षिक उत्सव आज २७ सेप्टेम्बर शुक्रबार कुवेत स्थित नौसाद होटलमा राजेन्द्र बिरहिलाई सभापतिमा चयन गर्दै भव्यरुपमा सम्पन्न गरेको छ l

राष्ट्रियता, लोकतन्त्र र समाजवाद हाम्रा आदर्श हुन्” भन्ने नाराका साथ सन् २०११ मा स्थापना भएको जनसम्पर्क समितीले आफ्नो तेश्रो अधिवेशनमा समितिका अध्यक्ष कल्याण श्रेष्ठको सभापतित्वमा गरिएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपालबाट पूर्व गृहमन्त्री तथा विशिष्ट अतिथिमा महामहिम राजदुत दुर्गा प्रसाद भण्डारी, बिशेष अतिथिमा नेपाली नेपाली काँग्रेसका महासमिति सदस्य नरेन्द्र भाट, नेपाली कांग्रेसका प्रतिनिधि मनोज गोर्खाली, राजु सयद लगाएत कुवेतमा क्रियाशील राजनीतिक भात्री संगठनका पदाधिकारि साथै संघ संस्थाका प्रतिनिधिहरु, पत्रकार, कलाकार खेलाडीहरुको बाक्लो उपस्थिति रहेको थियो l उक्त कार्यक्रममा अतिथिहरुलाई स्वागत मन्तब्य समितिका सम्योजक कोषाध्यक्ष ईन्द्र पौडेल ( कृष्ण ) ले राखेका थिए भने कार्यक्रमलाई सहजीकरण समितिका सल्लाहकार माधव शर्माले गरेका थिए भने कुवेतमा जनसम्पर्क समिति स्थापना गर्नुको उदेश्य र क्रियाकलापको बारेमा संस्थाका सल्लाहकार तथा पूर्व उपसभापति मन्जित चाम्लिङ राईले स्पष्ट परेका थिए l


कार्यक्रमलाई औपचारिकता दिदै राष्ट्रिय गानको गुन्जनबाट सुरु गर्दै सभापति, प्रमुख अतिथिको हातबाट दिप प्रज्वलन गरेलगत्तै विशिष्ट अतिथि, बिशेष अतिथि लगाएत अतिथिहरुको सामुहिक उपस्थितिमा केक काटेर उद्घाटन गरिएको थियो l
उपस्थित अतिथिहरुको शुभकामना मन्तब्यको क्रममा आदिवासी जनजाती महासंघका अध्यक्ष अमृत तामाङ, पत्रकार महासंघका उपध्यक्ष नबराज पन्थी,कोसेली न्युजका संस्थापक सदस्य तोयानाथ दाहाल, माउन्ट एभरेष्ट स्पोर्टिंग क्लबका अध्यक्ष इन्द्रप्रसाद पोखरेल, समाजसेवी तथा राजनीतिक विश्लेषक ध्रुवकुमार संग्रौला, समाजसेवी तथा परदेशी खबरका प्रधान सम्पादक नैनकला राई, कुवेत नेपाली एकता समाजका अध्यक्ष निम बुध मगर, नेपाली समाजका अध्यक्ष, जयनाराण थारु, प्रबासी नेपाली मंचका प्रतिनिधि राजु थापा ज्यूहरु बाट शुभकामना मन्तब्य सहित वर्तमान राजनीतिक क्रियाकलापका आफ्नो जिज्ञासा र धारणा राखेका थिएl मन्तब्यकै क्रममा विशिष्ट अतिथिहरु नेपाली कांग्रेसका प्रतिनिधि मनोज गोर्खाली, एनआरएनए मध्यपूर्व काउन्सिल राजु सयाद, नेपाली कांग्रेसका मह समिति सदस्य नरेन्द्र भाटले नेपाली कांग्रेसका सिद्धान्त र पार्टीले गरेका योगदानको बारेमा जोड दिएका थिए भने विशिष्ट अतिथि महामहिम राजदुत दुर्गा प्रसाद भण्डारीले कुवेतमा रहेर नेपालीहरुको समस्यालाई सम्बोधन गर्नको लागि सरकार सम्म पुर्याएर हुन र गर्न सकिने समस्याका समाधानको लागि कार्य दुतावास लागिरहने बताए l

प्रमुख अतिथि पूर्व गृहमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय महामन्त्री पूर्णबहादुर खड्काले बक्ताहरुले राखेका जिज्ञासाहरुको बारेमा स्पष्ट पर्दै नेपाली कांग्रेसका योगदान, प्रतिपक्षमा रहेर खेल्ने भूमिका र विशेषरुपमा संबिधान संशोधनको बारेमा आफ्नो पार्टीको धारणा प्रस्ट्याउदै बिगतका कमीकमजोरीलाई आत्मसाथ गर्दै आगामी दिनमा जनताको मन जित्नेमा जोड दिएका थिए l विभिन्न कारणले गर्दा नेपालको ठुलो युवा जनसक्ति विदेशमा पसिना बगाउन बाध्य भएकोमा दुखित हुदै अबका दिनमा सबै राजनीतिक दलहरुले विदेशिएका युवा शक्तिलाई नेपाल फर्काउनेबारे गहन भएर लाग्नु पर्ने उहाँको भनाइ रहेको थियो l
मन्तब्य कार्यक्रमको बिचमा कलाकारको एकल नृत्यले सबैलाई मनोरन्जन दिलाएको थियोl शुभकामना मन्तब्य पछि कार्यक्रमका सभापतिबाट औपचारिक कार्यक्रम समापनको घोषणा गरे लगतै पुरानो कार्यसमितिलाई बिघटन गर्दै निर्वाचन समितिले राजेन्द्र विरहीको नेतृत्वमा नयाँ कार्य समितिको घोषणा गरेका थिए l
आयोजकको तर्फबाट उपस्थित पाहुनाहरुलाई जलपान तथा दिवाभोजको ब्यबस्था गरिएको थियो l


नयाँ कार्यसमिति यस प्रकार छन्

सभापति – राजेन्द्र रसाइली ( बिरही )
उपसभापति -धन बहादुर खड्का (ज्ञानु )
उपसभापति – सुमित्रा देबि पौडेल
महामन्त्री – ईन्द्र पौडेल ” कृष्ण ”
महामन्त्री – केशर घलान तामाङ
सह महामन्त्री – कान्ति प्रसाद अधिकारी
सह महामन्त्री -उमा घिमिरे
कोषाध्यक्ष -धन बहादुर कुमाल
संगठन बिभाग प्रमुख- उमेश पुडासैनी
महिला सम्योजक- माया साम्पाङ राई
प्रबक्ता-
सदस्य-मदन बहादुर चन्द
सदस्य -ओम बिकास मगर
सदस्य-रमिता तामाङ
सदस्य -लेखनाथ ढकाल
सदस्य -कुमार तामाङ
सदस्य -बिस्णु शर्मा
सदस्य -गोपाल भुसाल
सदस्य -माया गुरुङ
सदस्य -चेत कुमार छन्त्याल
सदस्य -बिमला श्रेष्ठ
सदस्य-दयानिधी काफ्ले
सदस्य- हर्क थापा मगर
सदस्य – कर बहादुर राई
सदस्य-रहमदिन मियाँ
सदस्य – महमद अलि
सदस्य- श्रवण कुमार गावा मगर
सदस्य-चिज बहादुर गुरुङ
सदस्य- सन्जु गुरुङ

संरक्षण – कल्याण कुमार श्रेष्ठ

बरिस्ठ सल्लाहकार – माधब शर्मा
सल्लाहकार – मन्जित चाम्लिङ राई
– दुर्गा चेम्जोङ
– सोनम लामा
-रबि गुरुङ
-जय आले मगर
-लोमस बास्तोला
– दिनेश श्रेष्ठ
– अर्जुन तामाङ
– एल बि हमाल






Related Posts
  • कश्मीरमा गोलाबारी चल्दा दुई भारतीय सैनिकको मृत्यु
  • अनुदानबाट डेढ लाख भूकम्पपीडित फेरि  हट्दै अनुदानबाट डेढ लाख भूकम्पपीडित फेरि हट्दै
  • मन्त्रीको विदेश भ्रमण मोह : मन्त्रालयका काम प्रभावित
  • नेपाल स्काउटको जग्गा निजी कम्पनीको कब्जामा : पदाधिकारीकै संलग्नतामा १६ रोपनी जग्गा अतिक्रमण
  • पछिल्ला सम्प्रेसणहरु

    कश्मीरमा गोलाबारी चल्दा दुई भारतीय सैनिकको मृत्यु

    अनुदानबाट डेढ लाख भूकम्पपीडित फेरि हट्दै

    मन्त्रीको विदेश भ्रमण मोह : मन्त्रालयका काम प्रभावित

    बिजनेष

    जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस