एनआरएनए केन्द्रीय उपाध्यक्ष कुल आचार्य अध्यक्षमा उमेद्वारीको घोषणा गरे लगत्तै कुवेत आइपुगे

परदेशी खबर / सेप्टेम्बर २७, कुवेत l एनआरएनएका केन्द्रीय उपाध्यक्ष कुल आचार्यले आउदो नवौं विश्व सम्मेलन तथा महाधिवेशनमा अध्यक्ष पदका लागि उमेद्वारीको घोषणा गरे लगत्तै आफ्नो प्रथम चुनावी भ्रमण कुवेतलाइ बनाएका छन् l

 

कुवेतका एनआरएनए तथा शुभ चिन्तक संग भेटघाट गर्नको लागि युरोपबाट कुवेतको अन्तराष्ट्रिय विमान स्थलमा गत २६  सेप्टेम्बर बिहीबारको दिन अवतरण भएका केन्द्रीय उपाध्यक्ष तथा आउदो नवौं विश्व सम्मेलन तथा महाधिवेशनमा अध्यक्ष पदका लागि प्रत्यासी कुल आचार्य साथै एनआरएनए दुबईका आइसिसी सदस्य तथा मध्यपूर्व संयोजक प्रत्यासी मनोज गोर्खालीलाइ एनआरएनए कुवेत र आइसिसी सदस्यले स्वागतका साथ सोहि दिन साँझ भेटघाट तथा रात्रिभोज कार्यक्रमको आयोजना गरेको थियो l

अध्यक्ष सुजन केसीको सभापतित्व र प्रमुख अतिथिमा केन्द्रीय उपाध्यक्ष तथा अध्यक्ष पदका लागि प्रत्यासी कुल आचार्य, बिशेष अतिथिमा एनआरएनए दुबईका आइसिसी सदस्य तथा मध्यपूर्व संयोजक प्रत्यासी मनोज गोर्खाली, आइसिसि कुवेतका सदस्य अमित चाम्लिङ लगाएत कुवेतका संघ संस्थाका प्रतिनिधिहरु, पत्रकार तथा कुवेतवासी नेपालीहरु माझ गरिएको छलफल तथा रात्री भोज कार्यक्रमको संचालक महासचिव मानबहादुर तामाङले गरेका थिए भने अतिथिहरुलाई मन्तब्य द्वारा स्वागत बरिष्ट उपाध्यक्ष हरि लावतीले गरेका थिए l

एनआरएनए कुवेतको सान्क्षिप्त रूपमा राहतकोषको बारेमा अतिथिहरुलाई आइसिसि कुवेतका सदस्य अमित चाम्लिङले प्रष्ट्याएका थिए l

भेटघाट कार्यक्रममा समाजसेवी कुमार झापाली, पत्रकार महासंघका उपाध्यक्ष नबराज पन्थी, पत्रकार राजन श्रेष्ठ , पत्रकार तोयानाथ दाहालले एनआरएनएले मध्यपूर्वमा रहेका श्रमिकहरुलाई भोट बैंकको रुमा हेरिने गरेको तथा एनआरएनए धनिहरुको लागि मात्र संस्था हो ? बिगतका दिनमा मध्यपूर्वका श्रमिकहरुलाइ उपेक्षित गरिएको, एनआरएनएको अघिल्लो कार्यकालहरुका कुनै पनि विशिष्ट व्यक्तित्वको कुवेतमा आगमन नहुनुको कारण जस्ता धेरै प्रश्नहरु राखेका थिए भने तिनै जिज्ञासाहरुको सम्बोधन गर्दै एनआरएनए सबैको साझा संस्था हो र आफ्नो उम्मेदवारीको घोषणा पत्रमा मध्यपूर्वका श्रमिकहरुको हितमा काम गर्ने पहिलो प्राथमिकतामा राखेकोले र एनआरएनएमा बिगत लामो समयदेखि योगदान गर्दै आएको तथा आफु साधारण श्रमिकको रुपमा विदेशमा काम गर्दै आजको यो अवस्थासम्म आइपुग्दा श्रमिकहरुको समस्यालाइ आफुले राम्रोसंग बुझेको भएकोले आफु यस पदका लागि योग्य रहेकोले आफुलाई २०१९-२०२१ कार्यकालको लागि अध्यक्षमा अत्यधिक मतले जिताउनको लागि अनुरोध गरेका थिए साथै एनआरएनए कुवेतको राहत कोषको बारेमा जानकारी प्राप्त हुदा अत्यन्तै खुशी लागेको र उक्त राहत कोषका लागि ३ लाख ५ हजार ५ सय ५५ रुपैयाँ दिने घोषणा गरेका छन् साथै अध्यक्ष पदमा आफु जितेको खण्डमा यसलाइ दोब्बर बनाउने प्रतिबद्धता गरेका छन्। राहत कोषका लागि एनआरएनए दुबईका आइसिसी सदस्य तथा मध्यपूर्व संयोजक प्रत्यासी मनोज गोर्खालीले पनि आफ्नो तर्फबाट थप १ लाख रुपैये दिने घोषणा गरेका छन् l

औपचारिक कार्यक्रम समापनपछि अर्का विशिष्ट अतिथिको रुपमा रात्री भोजमा नेपालबाट आउनु भएका पूर्व गृहमन्त्री तथा नेपाली काँग्रेसका महामन्त्रीको सहभागिता रहेको थियो उक्त विशिष्ट अतिथिको उपस्थितिले सबैजना उत्साहित भएका थिए l

 






Related Posts
  • १३ औं साग : नेपाललाई दोस्रो दिन १५ स्वर्ण, क–कसले दिलाए पदक ? (सुचीसहित)
  • किराया शाखा कतारद्वारा भेटघाट कार्यक्रम सम्पन्न
  • आगामी डिसेम्बर १३ तारिख युएईमा संयुक्त रुपमा उधौली साकेला भब्य मनाउदै ।
  • कुवेतमा कार्यरत श्रमिकहरुका समस्याको बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • पछिल्ला सम्प्रेसणहरु

    प्रकाशको ‘स्याउ स्याउ नाना’ सार्वजनिक (भिडियो सहित)

    जापान जाने श्रमिक छनोटः सीप परीक्षामा सबै फेल

    नेपाल कुवेत सरोकार समाजले नेपाली नयाँ बर्ष २०७७ तथा तेश्रो साँस्कृतिक धमाका मनाउने

    बिजनेष

    जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस