७० औं वार्षिकोत्सव संगसंगै चीनको विशाल ‘स्टारफिस’ विमानस्थल खुल्यो


काठमाडौं ,९असोज । चीनले १ खर्ब २४ अर्ब ९८ करोड २० लाख रुपैयाँ ९११ अर्ब अमेरिकी डलर० मा निर्माण गरेको विशाल विमानस्थल ‘स्टारफिस’ बुधबारबाट खुला गरेको छ ।

मुलुकको ७० औं वार्षिकोत्सव ९राष्ट्रिय दिवस० को केही दिन मात्रै बाँकी रहँदा उक्त विमानस्थल खुला गरेको हो । चीनले अक्टोबर १ मा आफ्नो राष्ट्रिय दिवस मनाउँदै आएको छ ।

चिनियाँ राष्ट्रपति सी जिनपिङले बुधबार औपचारिक रूपमा राजधानी बेइजिङस्थित ‘द ड्याक्सिङ इन्टरनेसनल एयरपोर्ट’ को शुभारम्भ गरेका हुन् । सरकारी सञ्चारमाध्यम ‘चाइन डेली’ का अनुसार नयाँ विमानस्थल ९८ वटा फुटबल मैदान बराबरको क्षेत्रमा फैलिएको छ । यसको कूल क्षेत्रफल ७ लाख वर्गमिटर रहेको छ । विमान परिषद्ले बेइजिङको विमानस्थल अमेरिकाको अटलान्टापछि विश्वकै दोस्रो सबैभन्दा ठूलो हवाई अड्डा भएको जनाएको छ । अधिकारीहरुले भीडभाड बढी हुने ‘बेइजिङ क्यापिटल इन्टरनेसनल एयरपोर्ट’ माथि यात्रुको चाप कम गर्न नयाँ विमानस्थलको आवश्यकता रहेको बताएका छन् ।

‘द ड्याक्सिङ विमानस्थल’ ले भनेको छ, ‘विश्वको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय टर्मिनलमा सबैभन्दा ठूलो भवन निर्माण गरिएको छ, सन् २०२५ सम्म सहरबाट ठूलो संख्यामा यात्रुहरुलाई सेवा प्राप्त हुने अपेक्षा छ ।’ चिनियाँ सञ्चारमाध्यम ‘ग्लोबल टाइम्स’ का अनुसार सात आन्तरिक विमानलाई तत्कालै नयाँ विमानस्थलबाट परिचालन गरिने कार्यक्रम छ । पहिलो उडान एउटा ‘चाइना सदर्न एयरलाइन्स ए ३८०’ ले स्थानीय समयअनुसार १६ बजेर २३ मिनेटमा उडान भरेको छ । ब्रिटिस एयरवेज, क्याथे प्यासिफिक र फिनएयरसहित अन्तर्राष्ट्रिय यात्रुबाहक विमान कम्पनीहरुले पहिले नै ड्याक्सिङका लागि आफ्नो मार्ग घोषणा गरिसकेका छन् ।

नयाँ विमानस्थल जुन तियानमेन स्क्वायरबाट करिब ४६ किलोमिटर दक्षिणमा पर्छ । यसको डिजाइन प्रसिद्ध वास्तुकार जहा हदिदले गरेका थिए । विमानस्थलको उद्घाटनसँगै बेइजिङ सहर एउटा यस्तो समूहमा समावेश भएको छ, जसमा न्युयोर्क र लन्डन पनि पर्छ । यी सहरहरुमा दुईवटा अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रुहरुले सेवा प्राप्त गरिरहेका छन् । सन् १९५८ मा खोलिएको ‘बेइजिङ क्यापिटल’ को उपयोग १० करोडभन्दा बढी यात्रुले उपयोग गरिसकेका छन् ।

नयाँ विमानस्थलका अधिकारीहरुका अनुसार सन् २०२५ सम्म ७ करोड २० लाख यात्रुलाई एउटै विशाल टर्मिनलमा ह्यान्डल गर्न सक्ने क्षमता ड्याक्सिङ विमानस्थलको हुने छ । निर्माण सुरु गरेको पाँच वर्षभित्रै यो विमानस्थल खुला गरिएको बेलायती अखबार ‘दी गार्जियन’ ले जनाएको छ । ‘पिपुल्स रिपब्लिक अफ चाइना’ को स्थापना दिवसको ७० औं राष्ट्रिय दिवसको तयारी भइरहेकै बेला राष्ट्रपति सीले मेगा विमानस्थलको सुरुवात गरेका हुन् । नयाँ विमानस्थल स्टारफिसको आकारमा निर्माण गरिएको छ । यो विमानस्थलको विशेषता भनेको यसमा चारवटा रनवे छन् ।

सन् २०४० सम्म यो विमानस्थललाई एक वर्षमा १० करोड यात्रुलाई सेवा दिने गरी आठवटा रनवेमा विस्तार गर्ने योजनासमेत रहेको ‘दी गार्जियन’ ले लेखेको छ । विमानस्थलमा ग्राहकलाई विमानसँग सम्बन्धित सबै जानकारी रोबोटबाटै दिने व्यवस्था गरिएको छ । यसमा अनुहारबाटै यात्रुको विवरणहरु जाँच गरिने छ । बेइजिङमा अर्को विमानस्थलको आवश्यताबारे धेरै पहिलेदेखि आवाज उठिरहेकोले ‘स्टारफिस’ को निर्माण गरिएको चिनियाँ अधिकारीहरुले बताएका छन् । आर्थिक राजधानीका रूपमा रहेको हङकङमा महिनौंसम्म जारी गतिरोध अन्त्यका लागि चीनले अन्तर्राष्ट्रिय दबाबको समाना गर्नुपरे पनि निर्धारित समयभन्दा पहिले नै यो विमानस्थलको निर्माण कार्य सम्पन्न गरेको छ । कान्तिपुरबाट ।






Related Posts
  • राष्ट्रिय पन्चे बाजा समुह नेपाल कुवेतको प्रथम अधिवेशन कार्यक्रमको लागि तयारी पुरा
  • कुवेतमा क्रीयाशिल तीन किराती संस्थाले संयुक्तरुपमा किरातीहरुको महान चाड उधौली मनाउने
  • भारत द्वारा लिपुलेक र लिम्पियाधुरा सिमा अतिक्रमण गरेकोमा जङगीए युवा
  • कतारमा बलिहाङ तङनाम कार्यक्रम सम्पन्न
  • पछिल्ला सम्प्रेसणहरु

    राष्ट्रिय पन्चे बाजा समुह नेपाल कुवेतको प्रथम अधिवेशन कार्यक्रमको लागि तयारी पुरा

    काभ्रेमा बस दुर्घट्ना, २५ घाइते, तीनको अवस्था गम्भीर (घाइते विवरण सहित)

    सीमा सुरक्षा थप मजबुत बनाइँदै

    बिजनेष

    जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस