एनआरएनए कुवेतले अन्तरक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न गर्यो

नैनकला राई/ सेप्टेम्बर २१, कुवेतl एनआरएनए कुवेतद्वारा आयोजित कुवेतमा क्रियाशील संघ संस्थाका प्रतिनिधि एवं पत्रकारहरुको उपस्थितिमा अन्तरक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ l

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतले गैरआवासीय नेपाली संघको ९ औं विश्व सम्मेलनलाई लक्षित गरि हिजो २० सेप्टेम्बर २०१९ शुक्रबारको दिन कुवेतको जलिव स्थित पपिन्स हलमा कुवेतमा कृयाशिल संघ संस्थाहरू बिच एक अन्तरक्रिया कार्यक्रम गरेको थियो।

अध्यक्ष सुजन केसीको सभाध्यक्ष र ICC सदस्य अमित चाम्लिङको बिशेष उपस्थतीमा गरिएको कार्यक्रममा अतिथिहरुलाई स्वागत मन्तब्य बरिष्ठ उपाध्यक्ष हरि लावतीले राखेका थिए भने कर्यक्रमलाई सहजीकरण महासचिव मान बहादुर तामाङ गरेका थिए l

अन्तरक्रिया कार्यक्रममा पत्रकार महासंघबाट नबराज पन्थी, माउण्ट एभरेष्ट स्पोर्टिङ क्लबबाट इन्द्र प्रसाद पोखरेल, जिफण्ट सपोर्ट ग्रुपबाट गणेश रावत, झापाली समाजबाट लोमस बास्तोला, नेपालकुवेत सरोकार समाजका राम तामाङ, नेपाल तामाङ घेदुङबाट शुरेस ग्याबा, चितवन समाजबाट बुद्धिमान तामाङ(नबिन लोप्चन), नेवा गुठीका सुरज मास्के, खोटाङ-कुवेत सम्पर्क मञ्चका पञ्चु राइ,प्रेम कट्वाल साथै एनसिसी कुवेतको सदस्य डिबि बस्नेतले अन्तरकृया कार्यक्रममा आफ्ना सुझाबहरू राखेका थिए ।

एनसीसी अध्यक्ष सुजन केसि र आइसीसी सदस्य अमित राइले एनसीसीले बाहिर बोलेर भन्दा काम गरेर देखाउने गरि कार्य गरिरहेको बताउँदै बक्ताहरूले एनसीसी कुवेतले गरेका राम्रा कार्यहरूको सराहना गरेकोमा धन्यवाद दिदै सबैसँग हातेमालो र सहकार्य गरेर अघि बढ्ने जनाउदै संघसंस्थाका प्रतिनीधिहरूबाट आएका सुझाबहरूलाइ आइसीसीको विश्व सम्मेलनमा एजेण्डाका रूपमा पेश गरिने प्रतिवद्धता जनाएका थिए ।

विभिन्न ११ जना संस्था प्रमुख एवं प्रतिनीधिहरूले आप्रवासी श्रमिकको हक हितका विषयमा सुझाबहरू दिएका थिए । वक्ताहरूले सुरक्षित वैदेशिक रोजगार तथा गैरआवासीय नेपालीहरूको सुरक्षित लगानी लगायतका विषयमा सुझाब दिएका थिए । वक्ताहरूले नेपाल-कुवेत सिधा हवाइ सेवा, जिटुजि श्रमसम्झौंता,आप्रवासी श्रमिकहरू कार्यरत देशबाटै श्रम इजाजत नविकरण, शुन्य लागत वा पारदर्शी लागतमा वैदेशिक रोजगार,जुनसुकै किसिमले वैदेशिक रोजगारीमा आए पनि वंशजको नेपाली सधैंको नेपाली भएकोले विदेशमा ज्यान गुमाउने नेपालीहरूको पार्थिव शरीर घर परिवारलाइ जिम्मा लगाउने दायित्व सरकारको हुनुपर्ने,विदेशमा विभिन्न किसिमले ज्यान गुमाएका नेपालीहरूको शरीरका अंगहरू चोरी निकासी भएका विषयका कुराहरुलाइ प्राय सबै बक्ताहरुले जोड दिएका थिए।

कार्यक्रमा छैठौं अधिवेशनलाइ सफल पार्नको लागि समाचार सम्प्रेषण गरेर नेपाली समुदायसम्म सूचना प्रवाह गरि सुसुचित गर्ने नेपाली मिडियाहरुलाई खादा र सम्मान पत्र द्वारा सम्मान गरिएको सोहि अवसरमा छैठौं अधिवेशनलाइ सफल पार्नको लागि अहोरात्र खटिएका निर्वाचन समितिका आयुक्त शिव कोइराला लगाएत जय आले मगर, आनन्द आचार्य, नैनकला राई र गणेश रावतलाइ खादा ओढाई सम्मान पत्र र मायाको चिनोले सम्मान गरिएको थियोl

बक्ताहरुले दिएका सुझावहरुलाई सम्बोधन गर्दै ICC सदस्य अमित चाम्लिङले बक्ताहरुको सुझावहरु अत्यन्तै महत्वपूर्ण रहेको र यसको समाधानको लागि सम्बन्धित निकायमा राखिने साथै एनसीसी कुवेतले उपयोगी सुझावलाई अत्यन्तै गम्भीर रुपमा लिएको र केही सुझावमा उठेका बिषय माथी बोलेका थिए भने अध्यक्ष सुजन केसिले कार्यक्रम समापन गर्दै कुवेतका श्रमिकहरुको समस्याको समाधान गर्न निरन्तर लागि पर्ने बताउदै अन्तरक्रिया कार्यक्रममा उपस्थित सबैलाई धन्यबाद दिदै,सुझाव कार्यक्रम समापन गरेका थिए l

 

 

 






Related Posts
  • कश्मीरमा गोलाबारी चल्दा दुई भारतीय सैनिकको मृत्यु
  • अनुदानबाट डेढ लाख भूकम्पपीडित फेरि  हट्दै अनुदानबाट डेढ लाख भूकम्पपीडित फेरि हट्दै
  • मन्त्रीको विदेश भ्रमण मोह : मन्त्रालयका काम प्रभावित
  • नेपाल स्काउटको जग्गा निजी कम्पनीको कब्जामा : पदाधिकारीकै संलग्नतामा १६ रोपनी जग्गा अतिक्रमण
  • पछिल्ला सम्प्रेसणहरु

    कश्मीरमा गोलाबारी चल्दा दुई भारतीय सैनिकको मृत्यु

    अनुदानबाट डेढ लाख भूकम्पपीडित फेरि हट्दै

    मन्त्रीको विदेश भ्रमण मोह : मन्त्रालयका काम प्रभावित

    बिजनेष

    जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस