सुदूरपश्चिम सेवा समाजद्वारा आयोजितअधिवेशन ताथा बृहत साँस्कृतिक कार्यक्रम भव्यताका सम्पन्न


परदेशी खबर /सेप्टेम्बर २१, कुवेत।‘सुदूरपश्चिम सेवा समाज कुवेतको आफनो दोस्रो वार्षिकोत्वस तथा प्रथम अधिवेशन साथै बृहत साँस्कृतिक कार्यक्रम भव्यताका सम्पन्न भएको छl

कुवेतको हवाली स्थित बोय स्काउट थियटरहलमा हिजो २०१९ सेप्टेम्बर २० शुक्रबारका दिन गरिएको उक्त कार्यक्रममा अतिथि कलाकारहरु नेपाल आईडल २ का विजेता रबी ओड र पप् गायक तथा मोडल चक्र बम साथमा स्थानिय चर्चित कलाकारहरुको बेजोड प्रस्तुतिको रहेको थियो l

कुवेतको नेपाली समाजमा संथाको नेतृत्व महिलालाइ दिएर महिलाले पनि अवसर पाए जुनसुकै क्षेत्रम पनि पुरुष सरह कार्य सम्पादन गर्न सक्छ भन्ने बलियो उदाहरण दिदै बिगतमा कुवेतका नेपाली समुदायमा स्थापित संस्थाहरुले महिलाहरुलाई अवसर दिदै आएकोमा ‘सुदुरपश्चिमका लागि सुदुरपश्चिमेली’भन्ने मूल नाराका साथ कुवेतमा स्थापित संस्थाले पनि आफनो प्रथम अधिवेशनबाट महिला नेतृत्वका लागि निरुमाया खड्कालाई चयन गर्दै नयाँ कार्यसमितिको घोषणा गरेको छ।


संस्थाका निबर्तमान अध्यक्ष अमर खड्काको अध्यक्ष्ता र प्रमुख अतिथि कुवेतका लागि नेपाली राजदुत दुर्गा प्रसाद भण्डारी, बिशेष अतिथिमा एनआरएनए कुवेतका अध्यक्ष सुजन केसी, नेपाल पत्रकार महासंघ कुवेतका अध्यक्ष हरिकृष्ण न्यौपाने, सिटी एक्सप्रेस मनी ट्रान्सफरको प्रतिनिधी, लगायत अतिथिहरुमा कुवेतमा कृयाशिल सम्पूर्ण संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार,कलाकार,खेलाडी,लगाएत कुवेतबासी नेपालीहरूको बाक्लो उपस्थिति रहेको कार्यक्रममा समाजको निबर्तमान कोषअध्यक्ष निरुमाया खड्काले स्वागत मन्तब्य मार्फत उपस्थित सम्पुर्णलाई स्वागत गरेकी थिन् भने कुशल उद्घोषक सुरेश गयाबा तमाङले कार्यक्रम संचालन गरेका थिए।
कार्यक्रमको उद्घाटन सभापति प्रमुख अतिथी बिशेष अतिथीले सामुहिक रुपमा केक काटेर पानसमा दिप प्रज्वलन गरिएको थियो l


आमन्त्रित प्रमुख अतिथि महामहिम राजदुत र अतिथि कलाकारहरुलाई बाहिर गेटबाट भित्र स्टेज सम्मा आयोजक लगयात लालीगुराँस संस्कृतिक मंच कुवेतका (पन्चे बाजा टिमका) कलाकारहरुले ब्यानरसहित तामझामका साथ स्वागत गरीएको थियो।
कार्यक्रममा शुभ कामना मन्तव्यमा प्रमुख अतिथि राजदुत दुर्गा प्रसाद भण्डारी, बिशेषअतिथि नेपाल पत्रकार महासंघ कुवेतका अध्यक्ष हरिकृष्ण न्यौपाने,सिटी एक्सप्रेस मनी ट्रान्सफरको प्रतिनिधी, एनआरएनए अध्यक्ष सुजन केसीले राखेका थिए भने संस्थाको बारेमा सुदुरपश्चिमेली सेवासमाजका महासचिव मान बहादुर वलायरले प्रष्ट परेका थिए।
सांगीतिक कार्यक्रमलाई थप मनोरन्जन पर्नको लागि कुवेतका स्थानीय कलाकारहरु लोक पप तथा लोक दोहोरी गायक बिबि मल्ल ठकुरीले देउडा गीतगाएर उपस्थीती दर्शकहरुलाई नचाएको थियो साथै नृत्य प्रस्तुतीमा नेहा राई,श्याम बिसी,साबित्रा गैरे,नबराज भट्ट,गिता बिश्वकर्मा त्यस्तै गरी डान्सर हाँस्य कमेडी कलाकार अन्तर्राष्ट्रिय कलाकार मन्च कुवेत शाखा अध्यक्ष सोम रसाईली, बिजय ठकुरीको हाँस्य कमेडी नृत्यले उपस्थित पाहुनाहरुलाई भरिपुर्ण मनोरन्जन दिलाएका थिए।

कार्यक्रमलाई भब्य सफाल पर्नको लागि सिटी एक्सप्रेस मनी ट्रान्सफरबाट रेमिटान्स City Express Money Transfer कम्पनीले मुख्य प्रायोजक गरेको थियो भने समाजले विशेष योगदान गरेका ब्यक्तित्वहरु कार्यक्रममा प्रस्तु गर्नु हुने कलाकारहरु र अतिथि कलाकार नेपाल आईडल २ का विजेता रबी ओड र पप् गायक तथा मोडल चक्र बम, मुख्य प्रायोजक सिटी एक्सप्रेस मनी ट्रान्सफर रेमिटान्स City Express Money Transfer,Dampa Middle East Kuwait र कार्यक्रमलाई सहयोग गर्ने सहयोगीहरुलाई दोसल्ला ओढाएर मायाको चिनो सरुप सम्मानपत्रबाट विशेष सम्मान गरिएको थियो।

कार्यक्रमको अन्त्यमा सभापति अमर खड्काले उअस कार्यक्रमलाई सफल पार्नको लागि प्रतक्ष अप्रतक्षरुपमा आर्थिक नैतिक र भौतिकरुपमा साथ र सहयोग गर्नु हुने सम्पूर्णलाई हार्दिक धन्यवाद दिदै कार्यक्रम समापनको घोषणा गरेका थिए l






Related Posts
  • कुवेतमा किरातीहरुले आगामि डिसेम्बर १३ मा मनाउने महान चाड उधौली कार्यक्रमको सम्पुर्ण तयारि पुरा कुवेतमा किरातीहरुले आगामि डिसेम्बर १३ मा मनाउने महान चाड उधौली कार्यक्रमको सम्पुर्ण तयारि पुरा
  • तमू समाज कुवेतले १० जनावरी तमू (च्यु) ल्हाेसार कार्यक्रम गर्दै
  • १३ औं साग : नेपाललाई दोस्रो दिन १५ स्वर्ण, क–कसले दिलाए पदक ? (सुचीसहित)
  • किराया शाखा कतारद्वारा भेटघाट कार्यक्रम सम्पन्न
  • पछिल्ला सम्प्रेसणहरु

    लोकसेवाले माग्यो १०९६ अधिकृत

    साग फुटबलमा नेपाललाई स्वर्ण : भुटान उपविजेता

    नेपाली दूतावास कुवेत र म्यानपावरको लापरबाहिका काराण पिडित २१ जना कामदार कालो सुचिमा

    बिजनेष

    जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस