मलेसियाले भन्यो-मेडिकल खर्च रोजगारदाताले तिर्छन्

काठमाडौं : श्रम सम्झौताको पूर्ण कार्यान्वयनसँगै मलेसिया रोजगारी शून्य लागतमा भएको छ । त्यसमध्ये स्वास्थ्य परीक्षण शुल्क सुरुमा कामदारले तिर्ने र मलेसियामा रोजगारदाताले पहिलो महिनाको तलबसँगै फिर्ता दिने व्यवस्था मिलाइएको छ ।

पन्ध्र महिनादेखि भएको गतिरोध टुंग्याउँदै दुवै देशले गत बिहीबार यसमा सहमति गरेका छन् । त्यसलाई थप प्रस्ट्याउँदै काठमाडौंस्थित मलेसियन दूतावासले विज्ञप्ति निकालेर भनेको छ, ‘नेपाल र मलेयिाबीच २०१८ अक्टोबर २९ मा भएको श्रम सम्झौताबमोजिम बायोमेट्रिक स्वास्थ्य परीक्षणको सम्पूर्ण खर्च रोजगारदाताले नै व्यहोर्नेछन् ।’ 

विज्ञप्तिमा दूतावासले स्वास्थ्य परीक्षण खर्चको ढाँचा पनि देखाएको छ । त्यसमा नेपाल सरकारले तोकेको मापदण्डअनुसार लाग्ने शुल्क ४ हजार ५ सय, बायोमेडिकल सेवा शुल्क २ हजार ८ सय र भ्याट ३ सय ६४ गरी ७ हजार ६ सय ६४ रुपैयाँ हुनेछ । त्यो रकम सम्बन्धित मेडिकल सेन्टरमा कामदारले तिर्ने र रोजगारदाताले फिर्ता दिने व्यवस्था मिलाइएको हो ।

मलेसियाको रोजगारी गत वर्ष जेठदेखि रोकिएको हो । २०७५ कात्तिक १२ गते दुईबीच श्रम सम्झौता भए पनि स्वास्थ्य परीक्षणमा कुरा नमिल्दा कामदार मलेसिया जान पाएका थिएनन् । मलेसिया नेपालीको प्रमुख श्रम गन्तव्य हो ।

मलेसियाले बायोमेट्रिक प्रणाली अबलम्बन गरेपछि मापदण्ड पररीक्षण गरे ३७ मेडिकल सेन्टरबाट स्वास्थ्य परीक्षण गराउँदै आएको थियो । नेपाल सरकारले पुनः अनुगमन गरी १ सय २२ वटाको सूची तयार गरेको छ । तिनमा पुराना ३६ वटा परेका छन् । बायोमेट्रिक प्रणाली जडान गरिएका भएकाले हाललाई तिनै ३६ संस्थाबाट स्वास्थ्य परीक्षण गरिनेछ । बाँकी ८६ को नोभेम्बरमा अडिट गरी मापदण्ड पूरा गर्नेलाई थप्न मलेसिया तयार भएको छ ।

बायोमेट्रिक प्रणालीबाट स्वास्थ्य परीक्षण गर्दा मलेसियाका सरोकारवाला निकायले अनलाइनबाट तत्काल रिपोर्ट पाउँछन् । त्यसको दुईदेखि तीन दिनमा कलिङ भिसा आउँछ । पहिला त्यसलाई सरदर ३ महिना लाग्थ्यो । कागजपत्र कुरियरबाट ल्याउने÷लाने गरिन्थ्यो । त्यो खर्च कामदारलाई तिराइन्थ्यो । श्रम सम्झौतासँगै कामदारको अभिभारामा कुनै खर्च पर्दैन । श्रम मन्त्रालयले त्यसको कार्यान्वयन पक्षलाई कडा अनुगमन गर्ने जनाएको छ । अन्नपूर्ण पोस्टले यो खबर प्रकाशित गरेका  छन ।                             






Related Posts
  • सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने कि बोकेर घरतिर दौडने !
  • नेपाल मगर संघ शाखा युएईको १० औं महाधिवेशन बाट अध्यक्षमा शिला राना मगर निर्वाचित
  • आलम मुद्दामा बोली फेर्दै देउवा : कांग्रेस अनुसन्धानको विपक्षमा उभिन सक्दैन
  • स्थानीय जनप्रतिनिधिको पारिश्रमिक खारेज
  • पछिल्ला सम्प्रेसणहरु

    कश्मीरमा गोलाबारी चल्दा दुई भारतीय सैनिकको मृत्यु

    अनुदानबाट डेढ लाख भूकम्पपीडित फेरि हट्दै

    मन्त्रीको विदेश भ्रमण मोह : मन्त्रालयका काम प्रभावित

    बिजनेष

    जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस