नेपाल आईडल २ का विजेता रबी ओड र पप् गायक तथा मोडल चक्र बमलाइ कुवेतमा भब्य स्वागत

नैनकला राई/सेप्टेम्बर १८, कुवेत। सुदुरपश्चिमेली नेपाली समाज कुवेतको आयोजनामा आफ्नो दोस्रो वार्षिक उत्सव तथा प्रथम अधिवेशनको साथ सांगीतिक धमाका २०१९ कार्यक्रमको लागि नेपालबाट अतिथि कलाकारहरु नेपाल आईडल २ का विजेता रबी ओड र पप् गायक तथा मोडल चक्र बम कुवेतको अन्तर्राष्ट्रिय बिमानस्थलमा अवतरण भैसकेको संस्थाको अध्यक्ष अमर खड्काले जानकारी दिएका छन् l

आज कुवेतको समय अनुसार साँझ ७:५० बजे अवतरण हुनु भएका अतिथि कलाकारहरुलाइ आयोजक लगाएत कुवेतमा कृयाशिल संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडीहरुले पुष्पगुच्चा र खादा ओढाएर भब्य स्वागत गरिएको थियो।

उक्त दोस्रो वार्षिक उत्सव तथा प्रथम अधिवेशनको साथ सांगीतिक धमाका २०१९ कार्यक्रममा कुवेतमा कृयाशिल सम्पूर्ण संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार,खेलाडीका साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई उपस्थितिको लागी समाजका अध्यक्ष अमर खड्काले हार्दिक अनुरोध गरेका छन् ।

कार्यक्रमको विवरण 

स्थानः ब्वाइज स्काउट एसोसिएसन हल, हवाली, कुवेत
मिति : २० सेप्टेम्बर २०१९
समयः बिहान ११ बजेबाट
कार्यक्रमः दोस्रो बार्षिकोत्सव तथा प्रथमअधिवेसन साथमा बृहत सांगीतिक धमाका २०१९
आयोजकः सुदुरपश्चिमेली नेपाली समाज, कुवेत

सम्पर्कः
कार्यक्रम संयाेजक:बिकाश सिंह-60767749 राजन बम – 60021699, अमर खड्का – 50661174, भिम रावत – 99027450, मान बहादुर बलायर – 66423096 र निरूमाया खड्का – 60686438






Related Posts
  • कश्मीरमा गोलाबारी चल्दा दुई भारतीय सैनिकको मृत्यु
  • अनुदानबाट डेढ लाख भूकम्पपीडित फेरि  हट्दै अनुदानबाट डेढ लाख भूकम्पपीडित फेरि हट्दै
  • मन्त्रीको विदेश भ्रमण मोह : मन्त्रालयका काम प्रभावित
  • नेपाल स्काउटको जग्गा निजी कम्पनीको कब्जामा : पदाधिकारीकै संलग्नतामा १६ रोपनी जग्गा अतिक्रमण
  • पछिल्ला सम्प्रेसणहरु

    कश्मीरमा गोलाबारी चल्दा दुई भारतीय सैनिकको मृत्यु

    अनुदानबाट डेढ लाख भूकम्पपीडित फेरि हट्दै

    मन्त्रीको विदेश भ्रमण मोह : मन्त्रालयका काम प्रभावित

    बिजनेष

    जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस