आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

नेपाली राजदुतावास कुवेतले घरेलु कामदारको लागि पुनः श्रम स्वीकृति सिफारिको बारेमा ससूचना जारी

परदेशी खबर ३१ भाद्र २०७६, मंगलवार ११:०८ मा प्रकाशित ( ४ साल अघि) ५२० पाठक संख्या

परदेशी खबर / सेप्टेम्बर १७, कुवेत l नेपाली राजदुतावास कुवेतले आज सूचना जारी गरि कुवेतमा घरेलु कामदारलाई घर बिदामा गइ पुन: सोहि काममा आउनको लागि ४ प्रकारको आवश्यक कागजातहरु पेश गरि पुनः श्रमस्वीकृति लिनको लागि दुतावासले सिफारिस प्रदान गरिने जनाएको छ l

दुतावासको सूचना अनुसार परराष्ट्र मन्त्रालयको मिति २०१६/०५/३० ( १६ सेप्टेम्बर २०१९) को पत्रबाट जारी भए बमोजिम विगतमा श्रम स्वीकृति लिइ वैदेशिक रोजगारीमा घरेलु कामदारको रुपमा  कार्यरत रहेका तर बिदामा घर गइ पुनः सोहि रोजगार दाताकोमा फर्कन चाहनेहरुको लागि मात्र दुतावासले श्रम स्वीकृतिको लागि सिफारिस पत्र प्रदान गर्न लागेको हो l

यसबाट खाडी तथा मलेसियामा कार्यरत झन्डै १ लाख ३९ हजार घरेलु कामदार स्वदेश फिर्ने बाटो खुलेको छ । विभागले २०७३ चैत २३ देखि घरेलु कामदारलाई पुनः श्रमस्वीकृति दिन रोकेको थियो ।

विभागबाट २०१४  भन्दा अगाडी श्रमस्वीकृति लिएकाले रोजगारीमा गएका घरेलु कामदारको करार सम्झौताबमोजिम अवधि बाँकी देखिए, भिसाको अवधि बाँकी भए, कल्याणकारी कोष र बिमा भए पुनः श्रमस्वीकृति दिइनेछ । यसका लागि कार्यरत देशका नेपाली दूतावासको सिफारिस भने अनिवार्य रहेको उनले जानकारी दिए ।यसअघि श्रमस्वीकृति नलिई गएको र रोजगारदाता परिवर्तन भएको अवस्थामा रोजगारदाता र कामदारबीचको करारपत्र चहिने विभागको भनाइ छ ।

 

सिफारिस पाउनको लागि पेश गर्नु पर्ने कागजातहरु

१. घरेलु कामदारको रुपमा श्रम स्वीकृति लिइ कुवेतमा आएको पुष्टि गर्ने निस्षा प्रमाण l
२. बिदामा स्वदेश गइ पुन:वैदेशिक रोजगारीमा साबिककै रोजगारदाताकोमा आउने सुनिश्चित भएको सम्बन्धि कागजात l
३. म्याद कायम रहेको भिजा, राहदानी र करार सम्झौता l
४. रोजगारदाताको सम्पर्क नम्बर, ठेगाना, राहदानी तथा नागरिक परिचय ( Civil ID) का प्रतिलिपि l