घरबेटीलाई प्राधिकरणको आग्रहः भाडामा बस्नेसँग जथाभावी महसुल नउठाउनुस्

२९ भदौ, काठमाडौं । पछिल्लो समय आफ्नो घर बहालमा लगाउने घरबेटीले भाडावालसँग चर्को दरमा विद्युत महसुल उठाउने गरेको पाइएको भन्दै नेपाल विद्युत प्राधिकरणले चिन्ता व्यक्त गरेको छ । प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङले तोकिएको भन्दा बढी दरमा भाडावालासँग महसुल नलिन घरबेटीसँग आग्रह गरे ।

आइतबार प्राधिकरणद्वारा आयोजित पत्रकार सम्मेलनमा घिसिङले भने, ‘तोकिएको भन्दा बढी दरमा भाडा असुल्नु गैरकानूनी हो । प्राधिकरणसँग निश्चित दरमा किनेको बिजुली त्योभन्दा बढीमा बेचेर व्यापार गर्न पाइँदैन ।’

उनले घर बहालमा बस्नेहरुलाई विजुलीको दर/रेटबारे जानकारी लिएर त्योभन्दा बढी नतिर्न आग्रह गरे । प्राधिकरणले खपतका आधारमा प्रति युनिट तीन रुपैयाँदेखि १३ रुपैयाँसम्म महसुल लिन्छ । तर, कतिपय घरबेटीहरुले भाडावालासँग २० रुपैयाँसम्म असुल्ने गरेको उजुरी आएको प्राधिकरणले जनाएको छ ।

घिसिङले भने, ‘यस्तो प्रवृत्तिले प्राधिकरणप्रति नै जनमानसमा गलत धारणा विकास हुन सक्ने भएकाले हामीले गम्भिरता पूर्वक लिएका छौं ।’साभार अनलाइन खबरबाट






Related Posts
  • युएईमा कास्की आदर्श सेवा समाज र तनहुँ सेवा समाजले संयुक्तरूपमा भलिबल प्रतियोगिता आयोजना गर्दै
  • नेपाल कुवेत साँस्कृतिक मञ्चको १० औं वार्षिक उत्सव सम्पन्न
  • तामाङ समाज युएईको “ल्होछार साँझ-२०२०”कार्यक्रमको तयारी अन्तिम चरणमा
  • ईनास कुवेतको वार्षिक उत्सव तथा सांस्कृतिक कार्यक्रमको तयारी पुरा
  • पछिल्ला सम्प्रेसणहरु

    बागमती प्रदेशमा शुक्रबार सार्वजनिक बिदा

    नेवा:पुच: युएईका उपाध्यक्ष एवम् फोनिज युएईका कावा अध्यक्ष राजेश प्रधानलाई बिदाई

    राजु गोलेको “ह्युल्सादा ख्लासी” गीतको म्युजिक भिडियो सार्वजनिक

    बिजनेष

    जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस