सेनाभित्र मौलायो बिकृती, सलामी नगर्ने ३० जनामाथि कारवाही


काठमाडौं, २८ भदाै । मुलुकको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनामा ‘सलाम’ नगर्ने र नफर्काउन दुवैथरिलाई कारवाहीको दायरामा ल्याइएको छ । नेपाल समाचार पत्र दैनिकले खबर छापेकाे छ ।

विश्वमै अनुशासित, व्यावसायिक र मर्यादित सेनाको छवि बनाएको नेपाली सेनाभित्र आफूभन्दा माथिल्लो दर्जाकालाई सलाम नगर्ने र तल्लो तहकालाई सलाम नफर्काउने हर्कत देखिएपछि सैनिक प्रहरीले त्यस्ता व्यक्तिलाई कारवाहीको दायरामा ल्याएको हो ।

प्रधानसेनापति पूर्णचन्द्र थापाको कार्यकालको पहिलो एक वर्षको अवसरमा सैनिक मुख्यालय जङ्गीअड्डामा आयोजित तेस्रो रोलकलमा पछिल्लो समय केही सैनिक व्यक्तिले सलामको हकदारलाई सलाम नगर्ने, बरु देखे–नदेखेझै गर्ने प्रवृृत्ति बढेकामा त्यस्ता सैनिकलाई केही कारवाही हुन्न भनी जिज्ञासा राखेका थिए ।

प्रधानसेनापतिसहित सकलदर्जा उपस्थित रहेको उक्त कार्यक्रममा जमदार प्रेमबहादुर बस्नेतले भन्नुभयो, “आफ्नो युनिटभन्दा बाहेककालाई सलाम नगर्ने, देखे–नदेखेझैँ गर्ने प्रवृत्तिलाई निरुत्साहन गर्न केही कदम चाल्नुपर्ने हो कि रु”

जवाफमा सङ्गठन विभागका प्रमुख सुवर्ण शाहले भन्नुभयो, “कुनै पनि सैनिक व्यक्तिले आफूभन्दा ज्येष्ठ सलामीको हकदारलाई सलामी गर्नु उसको कर्तव्य हो, हकदारले पनि सलामी अभिवादनलाई फर्काउनु दायित्व हो, सलामीको हकदारलाई देखे–नदेखेझँै गर्ने प्रवृत्ति हटाउन र सलामीलाई व्यवस्थित गर्न कार्यविधि बनाएर पठाइ सकिएको हुनाले सकल दर्जाले त्यसको अक्षरसः पालना गर्नपर्ने हुन्छ ।”

प्रधानसेनापति थापाको कार्यकाल प्रारम्भपछि त्रैमासिक चौथो रोलकलसम्म आइपुग्दा सलाम नगर्ने, देखे–नदेखेझैँ गर्ने र नफर्काउने २० भन्दा बढी घटनासँगसम्बद्ध व्यक्तिलाई कारवाहीको भागेदार बनाई दण्ड सजाय गरिएको सो अवसरमा जानकारी दिइयो ।

सङ्गठनभित्रका विकृति र विसङ्गतिको अन्त्य गरी विधि र पद्धति बसाल्ने क्रममा प्रधानसेनापति थापाले पुरस्कार र दण्ड सजायको व्यवस्था, गुनासो सुन्ने र निकास दिने संयन्त्रको विकास, भर्ना छनोट प्रक्रियामा सुधार, आचारसंहिताको पालना, आर्थिक अनुशासनमा कडाइजस्ता कार्यक्रममा जोड दिनुभएको छ ।






Related Posts
  • एनआरएनए युएईले कोभिड -१९ का कारण बिचल्लीमा परेका नेपाली नागरिकहरुलाई निरन्तरतारुपमा राहत बितरण गर्दै
  • युएईमा कोभिड – १९ को नयाँ संक्रमित ६६१, संक्रमित संख्या ३४,५५७ र संक्रमित २ जनाको मृत्यु
  • युएईमा कोभिड – १९ को नयाँ संक्रमित ७२६, संक्रमित संख्या ३३,८९६ र संक्रमित २ जना मृत्यु युएईमा कोभिड – १९ को नयाँ संक्रमित ७२६, संक्रमित संख्या ३३,८९६ र संक्रमित २ जना मृत्यु
  • एमसीसीबारे नेकपा सचिवालय बैठक,सम्झौता अनुमोदन नभएसम्म काम रोक्ने सहमति
  • पछिल्ला सम्प्रेसणहरु

    कुवेतमा कोरोना संक्रमनबाट २७ हजार ७६२ सङ्क्रमित, ७१९ नयाँ संक्रमित, सात ८ जनाको मृत्‍यु (अपडेट)

    थप २२६ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या १७ सय ९८ पुग्यो

    एनआरएनए युएईले कोभिड -१९ का कारण बिचल्लीमा परेका नेपाली नागरिकहरुलाई निरन्तरतारुपमा राहत बितरण गर्दै

    बिजनेष

    आँखी झ्यालबाट लकडाउन

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस