लोक दोहोरी गायिका प्रमिला तामाङबाट म्हेन्दोमाया गायिकाहरुले केही सिक्नेकी ? (भिडियो सहित )

संवाददाता काठमाण्डौ

भाद्र २९- नुवाकोटको मनकामनाबाट काठमाडौं आएकी प्रमिला तामाङ यतिबेला सांगीतिक क्षेत्रमा चर्चा कमाइरहेकी छिन् । पछिल्लो समयमा मोडलिङ र गायनसंगै लैजाने परिपाटी चलेसंगै प्रमिला तामाङले पनि मोडलिङ र गायनलाई विगत ७ बर्षदेखि एकै साथ अगाडि बढाउदै आएकी छिन ।
सुरिलो स्वरकी धनी प्रमिलाले साल्यैजो तथा लोकभाकाहरु गाउने गरेकी छिन । मिजासिली स्वभावकी उनी सबैसंग खुलेर कुरा गर्न रुचाउछिन जसका कारण गायन र मोडलिङ दुवैमा उनी चर्चा बटुल्न सफल भएकी हुन भन्दा फरक नपर्ला ।
प्रमिलाले आफनो पहिलो गीत ‘आखा गाजलु’ बाट सांगीतिक क्षेत्रमा प्रवेश गरेकी हुन । अहिले सम्म आइपुग्दा उनले दर्जनौ गीत तथा म्युजिक भिडियोमा अभिनय गरेसकेकी छिन । पछिल्लो समय उनले आफ्नै तामाङ समुदायको म्हेन्दोमाया गीतको आडियो तथा भिडियो बाजारमा ल्याएर म्हेन्दोमाया गायिकाहरुलाई ठुलो झड्का दिएकी छिन् |

Image may contain: 1 person, mountain, outdoor and nature
म्हेन्दोमाया गीत संगीतबाट चर्चाको शिखरमा पुग्न सफल गायिकाहरु र म्हेन्दोमाया कलाकारको नाममा देश विदेशको कार्यक्रमहरुमा भ्याइ नभ्याइ आफ्नो प्रस्तुतिहरू राखेर त्यहाँबाट कमाएको पैसाले नेपाली लोक गीत, आधुनिक गीत र सेलो गीतहरुको एल्बम बजारमा ल्याउने म्हेन्दोमाया गायिकाहरुले गायिका प्रमिलाबाट धेरै कुरा सिक्नुपर्ने देखिन्छ | यसो भनी राख्दा कुनै पनि गीतलाई काखा र पाखा गर्न लागेको भने पक्कै होइन तर जुन गीतले हामीलाई चिनायो त्यो गीतको संरक्षण गर्नु पर्छ मात्र भन्न खोजेको हो म्हेन्दोमाया गयिकाको नाममा दर्शकले अत्यधिक मन पराइदिनु भएर चर्चित म्हेन्दोमाया गयिकाको नाम दिएका केही गायिकाहरुले केही बर्षदेखि नेपाली गीतहरुमा लाखौ लगनी गरिरहेको देखे तर जुन गीतले आफुलाई चिनायो त्यो गीतको एउटा पनि एल्बम बजारमा नआउदा त्यो जस्तो नमाज अरु के हुन सक्छ र ? | गायिका प्रमिला भन्नु हुन्छ म लोक दोहोरी गयिकाको नामबाट चिने पनि म बर्षमा एउटा म्हेन्दोमाया गीत बाजारमा अवस्य ल्याउने छू किनकी हामी जुन सुकै गीत संगीत र समुदायमा रमाए पनि आफ्नो भाषा कला, संस्कृति, रितिरिवाज र परम्परालाई बिर्सिनु हुदैन र यसलाई जिबित रख्नाका निम्ति म अवस्य लागी पर्नेछु | अबको ल्होछार तथा म्हेन्दोमाया कार्यक्रमहरुमा सम्पूर्ण म्हेन्दोमाया प्रेमी आयोजकहरुले हावाको भरमा र अरुको गीतमा आफ्नो स्वर दिएकोलाई भन्दा यस्ता यस्तै म्हेन्दोमाया गीत संगीत प्रति समर्पित कलाकारहरुलाई मात्र स्थान दिनु पर्ने देखिन्छ |

गायिका प्रमिलाको हिजो आफ्नै यू टयूब च्यानलबाट सार्वजनिक भएको दोस्रो म्हेन्दोमाया गीत

गायिका प्रमिलाको पहिलो म्हेन्दोमाया गीत






Related Posts
  • अपडेटः कुवेतमा कोरोनाबाट सङ्क्रमितको संख्या २३५ पुग्यो,डब्लुएचओका अनुसार संक्रमण १९९ देशमा फैलियो
  • कोभिड–१९को कारण नेपाल कुवेत सरोकार समाजको छैटौं वार्षिक उत्सव तथा सांस्कृतिक कार्यक्रम स्थगित
  • covid-9 कोरोनालाई नियन्त्रण गर्न चीन कसरी सफल भयो
  • कल्याणकारी नेपाली यूवा समाज कुवेतद्वारा क्यान्सरबाट निधन भएकी प्रीति गुरुङलाई आर्थिक सहयोग
  • पछिल्ला सम्प्रेसणहरु

    कोरोनाबाट अमेरिकामा ‘दुई लाखको मृत्यु हुनसक्ने’ ट्रम्प कार्यदलका एक अग्रणी विज्ञको चेतावनी

    लकडाउन’मा सरकारको राहत प्याकेज : एक महिनाको घरभाडा मिनाह

    कुवेतमा झापाका जीवन पाठकको निधन

    बिजनेष

    किराया युएई द्वारा राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस