नेपाल-मलेसिया श्रम समझदारी कार्यान्वयनमा सहमति, अब शून्य लागतमा जान पाइने

 

काठमाण्डौ – नेपाल र मलेसियाबीच भएको श्रम समझदारी पूर्णतया कार्यान्वयनमा लैजाने गरी बिहीबार सहमति भएको छ ।

 

यो सहमतिपछि नेपाली कामदारहरुले शून्य लागतमा मलेसिया जान पाउनेछन् । यस्तै कामदारको सामाजिक सुरक्षाको ग्यारेन्टी र आउँदाजाँदा लाग्ने टिकटको खर्च सबै रोजगारदाता कम्पनीले नै व्यहोर्नुपर्ने हुन्छ ।

मलेसिया जाँदा नेपालमा मेडिकल परिक्षण गरेको खर्च पनि त्यहाँ काम गर्न थालेको एक महिनाभित्रै कम्पनिले फिर्ता गर्नुपर्ने हुन्छ ।

मलेसियास्थित पुत्रांजयमा भइरहेको दुई देशका प्राविधिक टोलीको बैठकले अघिल्लो वर्षको कार्तिक ११ गते भएको दुई देशबीचको श्रम समझदारीमाथि सहमति जनाएको हो । 

भदौ २४ र २५ दुई दिन हुने भनिएको बैठक हिजो टुङ्गो नलागेरै सकिएको थियो । आज फेरि चलेको बैठकले अन्त्यमा उक्त समझदारी कार्यान्वयन गर्ने गरी सहमति जनाएको हो ।

मंगलबारदेखि सुरु भएको बैठकमा नेपालको तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेको  नेतृत्वको टोली र मलेसियाका उच्च अधिकारी सहभागी हुनुहुन्थ्यो ।

यो बैठकले मलेसिया रोजगारीका सम्बन्धमा देखिएको अन्योल अन्त्य गर्ने श्रममन्त्री गोकर्ण विष्टले यसअघि नै बताइसक्नुभएको थियो ।  दुई देशबीच भएको श्रम समझदारी लामो समय भइसक्दा पनि केही प्राविधिक विषय टुङ्गो नलाग्दा मलेसियाको रोजगारी खुल्न सकेको थिएन । अब त्यही सहमतिअनुसार नेपाली कामदारहरु मलेसिया जान पाउने भएका छन् ।

मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षणका लागि १ सय २२ वटा स्वास्थ्य संस्था सूचीकृत भइसकेका छन् । मलेसिया जाने नेपाली श्रमिकमाथि स्वास्थ्य परीक्षणका नाममा हुँदै आएको आर्थिक शोषण अन्त्य गर्न २०७५ जेठ २ गतेदेखि मलेसियाको रोजगारी बन्द भएको थियो । 

मलेसिया रोजगारीका नाममा ठगी गर्ने बायोमेट्रिक, भीएलएन, माइग्राम, आईएससी, ओएससीजस्ता संस्थालाई कारबाही गरेपछि मलेसियाको रोजगारी बन्द भएको हो । कलिङ भिसा आएका व्यक्तिका लागि भने श्रम स्वीकृति खुला भैसकेको छ । यो खबर उज्यालो अनलाइनले प्रकाशित गरेका छन ।  






Related Posts
  • नेपाल मगर शाखा यूएईद्वारा आयोजित माध्या सकराटी मेला तथा बृहत सांस्कृतिक साझ-२०२० भब्यरुपमा सम्पन्न
  • बागमती प्रदेशमा शुक्रबार सार्वजनिक बिदा
  • नेवा:पुच: युएईका उपाध्यक्ष एवम् फोनिज युएईका कावा अध्यक्ष राजेश प्रधानलाई बिदाई
  • राजु गोलेको “ह्युल्सादा ख्लासी” गीतको म्युजिक भिडियो सार्वजनिक
  • पछिल्ला सम्प्रेसणहरु

    तमु प्ये ल्हु संघ युएई द्वारा आयोजित चेलीबेटी भोज कार्यक्रम भव्यरुपमा सम्पन्न

    नेपाल मगर शाखा यूएईद्वारा आयोजित माध्या सकराटी मेला तथा बृहत सांस्कृतिक साझ-२०२० भब्यरुपमा सम्पन्न

    इनास कुवेत द्वारा आयोजित छैटौं बार्षिक उत्सव तथा सहयोगार्थ बृहत संस्कृतिक कार्यक्रम सम्पन्न

    बिजनेष

    जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस