सुदुरपश्चिमेली समाज कुवेको अधिवेशनका साथ सांगीतिक धमका कार्यक्रमको सम्पूर्ण तयारी पुरा

नैनकला राई / सेप्टेम्बर ११, कुवेत। आगामी २० सेप्टेम्बर २०१९ शुक्रबारको दिन हुन गैरहेको सुदुरपश्चिमेली नेपाली समाज कुवेतको आफ्नो दोस्रो वार्षिक उत्सव तथा प्रथम अधिवेशनको साथ नेपाल आईडल २ का विजेता रबी ओड र पप् गायक तथा मोडल चक्र बमको साथ बृहत सांगीतिक धमाका २०१९ कार्यक्रमको लागि सम्पूर्ण तयारी पुरा भएको संस्थाका अध्यक्ष अमर खड्काले जानकारी दिएका छन्

‘सुदुरपश्चिमका लागि सुदुरपश्चिमेली’ भन्ने मूल नाराका साथ कुवेतमा स्थापित संस्थाले विभिन्न सामाजिक कार्यमा क्रियाशील रहदै आएको र यस २० सेप्टेम्बर २०१९ मा हुने भनिएको यो बृहत साँस्कृतिक कार्यक्रमबाट भएको आम्दानीलाई सुदुरपश्चिमेली नेपाली समाज कुवेतले सामाजिक सेवाका कार्यहरुमा नै खर्च गरिने संस्थाका अध्यक्ष खड्काले बताएका छन्।साथै यस कार्यक्रम सफल पार्नको लागी मुख्य प्रायोजक सिटि एक्सप्रेस मनि ट्रान्सफर (City Express money Tansfer) ले गरे को छ।

उक्त दिन यस ऐतिहासिक साँस्कृतिक धमाकाम आफ्नो गरिमामय उपस्थिति जनाई कार्यक्रम भव्यरुपमा सफल बनाउन कुवेतमा क्रियाशील सम्पूर्ण संघ, संस्थाका पदाधिकारी, बुद्धिजीवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी तथा सम्पूर्ण कुवेतवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई आयोजकले अपिल गर्दै उक्त दिन संघ संस्थाहरुलाई कार्यक्रम नजुधाई दिनुहुन पनि आग्रह गरेको छ l

कार्यक्रमको विवरण

स्थानः ब्वाइज स्काउट एसोसिएसन हल, हवाली, कुवेत

मिति : २० सेप्टेम्बर २०१९
समयः बिहान ११ बजेबाट

कार्यक्रमः दोस्रो बार्षिकोत्सव तथा प्रथमअधिवेसन साथमा बृहत सांगीतिक धमाका २०१९
आयोजकः सुदुरपश्चिमेली नेपाली समाज, कुवेत






Related Posts
  • नेवा: पुच: युएईले ईन्द्रजात्रा येंया पुन्ही कार्यक्रम भव्यताका साथ मनायो
  • घरबेटीलाई प्राधिकरणको आग्रहः भाडामा बस्नेसँग जथाभावी महसुल नउठाउनुस्
  • लोक दोहोरी गायिका प्रमिला तामाङबाट म्हेन्दोमाया गायिकाहरुले केही सिक्नेकी ? (भिडियो सहित )
  • सेनाभित्र मौलायो बिकृती, सलामी नगर्ने ३० जनामाथि कारवाही
  • पछिल्ला सम्प्रेसणहरु

    थाल्यो संवाद नेपाली स्याटेलाइटले, ग्राउन्ड स्टेसनसँग नेपाली स्याटेलाइटको दोहोरो सम्पर्क

    नेवा: पुच: युएईले ईन्द्रजात्रा येंया पुन्ही कार्यक्रम भव्यताका साथ मनायो

    घरबेटीलाई प्राधिकरणको आग्रहः भाडामा बस्नेसँग जथाभावी महसुल नउठाउनुस्

    बिजनेष

    ओली र मोदीले यसरी गरे पाइपलाइनको उद्घाटन

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस