संस्कृतिविद् जोशीकाे तस्वीर अंकित २५ सयकाे सिक्का सार्वजनिक

भदौ २४, काठमाण्डौl नेपाल राष्ट्र बैंकले संस्कृतिविद् सत्यमोहन जोशीको तस्वीर अंकित सय, हजार र २५ सय दरका सिक्का सार्वजनिक गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार ललितपुरमा आयोजित एक कार्यक्रममा जोशीको जन्म शताब्दीको अवसर पारी ती सिक्का सार्वजनिक गरेका हुन् ।

नेपाली संस्कृतिमा महाविद्यावारिधिको उपाधि प्राप्त गरेका जाेशीले विगत चार दशकदेखि विभिन्न नेपाली नोटमा अंकित चित्रहरुको सांगोपाँगो अध्ययन गरी राष्ट्र बैंकलाई दिँदै आएका थिए । साेही सुझावको कदर स्वरुप राष्ट्र बैंकले उनको तस्वीर अंकित सिक्का सार्वजनिक गरेको हो ।

अर्थमन्त्री खतिवडाले बैंकको शुद्धीकरणमा जाेशीले पुर्याएकाे योगदानको कदर गरी राष्ट्र बैंकले उनको तस्वीर अंकित सिक्का सार्वजनिक गरेको स्पष्ट पारे ।

ललितपुर महानगरपालिकाको पहलमा नेपाल राष्ट्र बैंकले सिक्कामा तस्वीर अंकित गरेर शताब्दी पुरुष जोशीको सम्मान गरेको हो । समाचार  साभार नयाँ पत्रिकाडेलीबाट






Related Posts
  • एनआरएनए कुवेतले इराकमा १४ वर्षदेखि अलपत्र परेकी एक नेपाली महिलाको उद्धार
  • नेपाल आदिवासी जनजाती महासंघ युएई द्वारा Learning & People Development तालिम सम्पन्न
  • काभ्रे कल्याणकारी कोष स्थापनार्थ बृहत सांस्कृतिक कार्यक्रम गर्दै
  • कुवेतबाट जजीरा एयरलाइन्सले काठमाडौं–कुवेत सिधा उडान सुरु गर्यो
  • पछिल्ला सम्प्रेसणहरु

    एनआरएनए कुवेतले इराकमा १४ वर्षदेखि अलपत्र परेकी एक नेपाली महिलाको उद्धार

    नेपाल आदिवासी जनजाती महासंघ युएई द्वारा Learning & People Development तालिम सम्पन्न

    काभ्रे कल्याणकारी कोष स्थापनार्थ बृहत सांस्कृतिक कार्यक्रम गर्दै

    बिजनेष

    जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस