विश्वकप फुटबल छनोट : नेपालले चाइनिज ताइपेईलाई २-० ले हरायो

 विश्वकप फुटबल-२०२२ काे छनोट प्रतियोगिताअन्तर्गत मंगलबार भएको खेलमा नेपालले चाइनिज ताइपेईविरुद्ध २–० ले हराएको छ ।

 

नेपालका लागि खेल सुरु भएको तीन मिनेटमै अञ्जन विष्टले गोल गर्दै १–० को अग्रता दिलाएका थिए । फ्रिकिकमार्फत आएको बललाई अञ्जनले हेड गर्दै गोलमा परिणतमा गरेका हुन् । त्यस्तै अञ्जनले नै खेलको ६२औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए । ताइपेईले पटक-पटक गाेल गर्ने प्रयास गरे पनि नेपालकाे डिफेन्स लाइन र गाेलकिपर किरण चेम्जाेङले बचाए ।

ताइपेईविरुद्धको खेलका लागि नेपाली प्रशिक्षक योहान कलिनले एक जना मात्र फरवार्ड राखेका थिए । फरवार्डमा विमल घर्ती मगर मात्र रहेका थिए ।

कुवेतविरुद्धको खेलमा जस्तै ताइपेईविरुद्ध पनि कलिनले पाँच जना मिडफिल्डर उतारेका थिए । मिडफिल्डरमा विशाल राई, सुजल श्रेष्ठ, रविशंकर पासवान, अञ्जन विष्ट र रोहित चन्द रहेका थिए । त्यस्तै डिफेन्समा अनन्त तामाङ, दिनेश राजवंशी, देवेन्द्र तामाङ र रञ्जित धिमाल थिए । -उज्यालो अनलाइनबाट 






Related Posts
  • थाल्यो संवाद नेपाली स्याटेलाइटले, ग्राउन्ड स्टेसनसँग नेपाली स्याटेलाइटको दोहोरो सम्पर्क
  • १२अाैं वार्षिक साधारण सभा तथा छैटौं अधिवेशनबाट पुन: अध्यक्षमा सञ्जिव वाईवा चयन
  • कङ्गोमा भयानक रेल दुर्घटना : ५० को मृत्यु, धेरै घाइते
  • नेपाल-मलेसिया श्रम समझदारी कार्यान्वयनमा सहमति, अब शून्य लागतमा जान पाइने
  • पछिल्ला सम्प्रेसणहरु

    थाल्यो संवाद नेपाली स्याटेलाइटले, ग्राउन्ड स्टेसनसँग नेपाली स्याटेलाइटको दोहोरो सम्पर्क

    नेवा: पुच: युएईले ईन्द्रजात्रा येंया पुन्ही कार्यक्रम भव्यताका साथ मनायो

    घरबेटीलाई प्राधिकरणको आग्रहः भाडामा बस्नेसँग जथाभावी महसुल नउठाउनुस्

    बिजनेष

    ओली र मोदीले यसरी गरे पाइपलाइनको उद्घाटन

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस