कुवेतबाट ब्लड क्यान्सर पीडित आसिमालाई आर्थिक सहयोग

परदेशी खबर / सेप्टेम्बर १०, कुवेत l नुवाकोट धादिङ रसुवा समाज कुवेतको अग्रसरतामा संकलित आर्थिक सहयोग रकम कुवेती डिनर जम्म १००.२५० फिल्स ब्लड क्यान्सर पीडित आसिमा तामाङलाई हस्तान्तरण गरिएको  छ l

“आपसी एकता हाम्रो उदेश्य,समृद्धि समाज निर्माण हाम्रो लक्ष्य” भन्ने मुल नाराकासाथ सन २०१७ मा स्थापित यस संस्थाले स्थापनाकाल देखिनै बिभिन्नखाले सामाजिक कार्यमा सक्रिय रहदै आएको र यसैलाई निरन्तता दिदै यस ब्लड क्यान्सर पिडितको लागि पनि कुवेतमा कार्यरत दिदीबहिनी तथा दाजुभाईहरुका साथ सहयोगी दाताहरुबाट संकलित रकम बुधबार नेपाल पठाएको हो ।

 

श्रोतका अनुसार बिगत लामो समय देखी कान्ति बाल स्पतालमा बलाद क्यान्सर पिडित तामाङको उपचार हुँदै आएको छ । नुवाकोट किस्पङ गाउँ पालिककी बिरामी आसिमा तामाङ विभिन्न संघसंस्थाको आर्थिकमा उपचाररत छिन् ।

उक्त सहयोग रकम समाजमा आबद्ध सदस्य हरुबाट संकलित ७५.२५०kd सस्थाबाट २५ kd गरि कुवेती डिनर जम्म १००.२५० तामाङ आवाजका प्रबन्ध निर्देशक राज दिम्दुङ लगायत तामाङ आवाज परिवार मार्फत हस्तान्तरण गरिएको थियो । पीडितका बुवा सुर्य तामाङले सम्पुर्ण सहयोगी मनहरु प्रति हार्दिक नमन व्यक्त गर्दै, सहयोग गर्न चाहनु हुने दिदिबहिनी तथा दाजुभाईहरुलाई सहयोग गरि आफ्नो कलिलो उमेरमा जिबन मृत्यु संग लाडी रहेको छोरीको ज्यान बचाउ सहयोगको अपील गरेको छ।

सहयोग गर्न चाहनु हुने दाताहरुले पीडित बुवाको सम्पर्क न. 9810178808 मा सिधै सम्पर्क गर्न सक्नु हुनेछ ।






Related Posts
  • नेवा: पुच: युएईले ईन्द्रजात्रा येंया पुन्ही कार्यक्रम भव्यताका साथ मनायो
  • घरबेटीलाई प्राधिकरणको आग्रहः भाडामा बस्नेसँग जथाभावी महसुल नउठाउनुस्
  • लोक दोहोरी गायिका प्रमिला तामाङबाट म्हेन्दोमाया गायिकाहरुले केही सिक्नेकी ? (भिडियो सहित )
  • सेनाभित्र मौलायो बिकृती, सलामी नगर्ने ३० जनामाथि कारवाही
  • पछिल्ला सम्प्रेसणहरु

    थाल्यो संवाद नेपाली स्याटेलाइटले, ग्राउन्ड स्टेसनसँग नेपाली स्याटेलाइटको दोहोरो सम्पर्क

    नेवा: पुच: युएईले ईन्द्रजात्रा येंया पुन्ही कार्यक्रम भव्यताका साथ मनायो

    घरबेटीलाई प्राधिकरणको आग्रहः भाडामा बस्नेसँग जथाभावी महसुल नउठाउनुस्

    बिजनेष

    ओली र मोदीले यसरी गरे पाइपलाइनको उद्घाटन

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस