मनाङमा चीनले ३५ करोडको लागतमा अस्पताल बनाइदिने

भदौ २३, काठमाण्डौ l  नेपाल र चीनका परराष्ट्र मन्त्रीको नेतृत्वमा द्विपक्षीय प्रतिनिधि मण्डलस्तरीय वार्ता सम्पन्न भएको छ । चार वर्षको अन्तरालमा परराष्ट्र मन्त्रीस्तरीय वार्ता काठमाण्डौमा भएको हो ।

परराष्ट्र मन्त्रीस्तरीय बैठकपछि नेपाल र चीनबीच विभिन्न ३ वटा विषयमा सम्झाैता भएकाे छ । चीनले नेपाललाई आपतकालीन अवस्थामा प्रयोग गर्नका लागि ५ हजार थान पाल दिने तथा नेपाली शैक्षिक प्रतिष्ठानमा चिनियाँ भाषा अध्यापन गराउनका लागि चिनियाँ स्वयमसेवक उपलब्ध गराउने विषयमा सम्झौता गरिएको छ ।

 

त्यस्तै मनाङमा अस्पताल निर्माणका लागि चीन सरकारले ३५ करोड रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने भएको छ ।

वार्तामा नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, अर्थमन्त्री युवराज खतिवडा, चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, सचिव वैरागी, अर्थ सचिव राजन खनाल, परराष्ट्र मन्त्रालयका सहसचिव कालीप्रसाद पोखरेललगायत वरिष्ठ अधिकारी सहभागी हुनुहुन्थ्यो ।

चीनका तर्फबाट विदेशमन्त्री वाङ यी नेतृत्वको टोलीमा विदेश सचिव लु झाउबी, नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छी, चिनियाँ अन्तर्राष्ट्रिय विकास सहायता नियोग (सीआईडीसीए) का उपाध्यक्ष, विदेश मन्त्रालयको एसिया विभागका अधिकारीलगायत वरिष्ठ चिनियाँ अधिकारी वार्तामा सहभागी हुनुहुन्थ्यो । समाचार साभार उज्यालो अनलाइनबाट






Related Posts
  • कुवेतमा अचेत अवस्थामा उपचाररत सुरेश बहादुर खत्रीको निधन
  • नेपाली समाज युएई द्वारा एक दिने नि:शुल्क स्वास्थ्य परिक्षण सम्पन्न
  • गत हप्ता मुत्ला दुर्घटनामा परेका मृतकहरुको परिवारलाई सम्पर्कमा आउन दुतावासको अनुरोध
  • मोडल राज मल्लको “कुरा” बोलको गितको म्युजिक भिडियो सार्वजनिक
  • पछिल्ला सम्प्रेसणहरु

    भू.पू.सैनिक फोर थर्ड गोरखा राफल्सले ५८औँ ध्वजारोहण दिवस मनाए

    सञ्चारमन्त्री बाँस्कोटाले दिए राजीनामा

    कुवेतमा अचेत अवस्थामा उपचाररत सुरेश बहादुर खत्रीको निधन

    बिजनेष

    जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस