शनिबार रातिदेखि टेलिकमको मोबाइल सेवामा समस्या देखिन सक्ने, टेलिकमले दियो यस्तो सुझाव

२१ भदौ, काठमाडौं ।नेपाल टेलिकमले शनिबार रातिदेखि जीएसएम मोबाइल सेवामा समस्या देखिन सक्ने बताएको छ । कम्पनीले आफ्नो सेवालाई फोरजीमा अपग्रेड गर्न लागेकाले त्यसका कारण सेवामा समस्या देखिन सक्ने टेलिकमले जनाएको हो ।

हाल टेलिकमको फोरजी सेवा विस्तारको काम भइरहेको छ । आगामी माघसम्म देशभर नै फोर-जी सेवा विस्तार गर्ने गरी चिनियाँ कम्पनीहरुले काम गरिरहेका छन् ।

कम्पनीले तत्कालै मुख्य शहररुमा फोरजी सेवा विस्तारका लागि विभिन्न प्राविधिक कामहरु गरिरहेको छ । यसैक्रममा मोबाइल सेवा प्रभावित हुन सक्ने टेलिकमको भनाइ छ ।

शनिबार राति ११.३० बजेबाट मोबाइल सेवामा केही समस्या देखिन सक्ने कम्पनीले बताएको छ । सिस्टम अपग्रेड हुँदा सेवामा कुनै समस्या आए मोबाइल अफ गरेर पुनः अन गर्न कम्पनीले सुझाव दिएको छ ।

यो सेवा अपग्रेड गर्दा देखिने समान्य समस्या भएकाले सकारात्मक सहयोग गर्न टेलिकमले आम ग्राहकसँग आग्रह गरेको छ । श्रोत अनलाइन खबर






Related Posts
  • भदौ १५ सम्म हवाई सेवा बन्द गर्ने मन्‍त्रिपरिषद् निर्णय
  • बेरुत बन्दरगाह बिस्फोट स्थलमा १४१ फिट गहिरो खाडल
  • युएईमा कोभिड – १९ को नयाँ संक्रमित २३९ र संक्रमित संख्या ६२,३००
  • कुबेतबाट फर्कनेसँग ट्राभल एजेन्टहरूले २० प्रतिशत बढी असुली, वैदेशिक रोजगारीमा श्रमिक निरन्तर ज्यादतीमा
  • पछिल्ला सम्प्रेसणहरु

    ५२५ जना कोरोना संक्रमित थपिएसँगै संक्रमितको कुल संख्या २४ हजार ९५७ पुग्यो

    कुवेतमा कोरोना संक्रमनबाट ७४ हजार ४८६ सङ्क्रमित, ७०१ नयाँ संक्रमित (अपडेट)

    कुवेतमा कोरोना संक्रमनबाट ७३ हजार ७८५ सङ्क्रमित, ७१७ नयाँ संक्रमित, तीन जनाको मृत्‍यु (अपडेट)

    बिजनेष

    सुनको मूल्य नाघ्यो लाख ,तोलाको १ लाख १ हजार ४ सय

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस