भारतको ‘चन्दयान-२’ सम्पर्कबिहीन


नयाँ दिल्ली २१ भदौ । चन्द्रमामा मानवरहित अन्तरिक्ष यान पु-याउने चन्द्रयान — २ मिशनको एउटा यान विक्रम ल्यान्डरसम्पर्क विच्छेद भएको छ ।

सबै काम राम्रैसँग भइरहेका बेला सतहमा पुग्नु केही बेरअघि नै ल्यान्डरसँग सम्पर्क विच्छेद भएको ‘इन्डीयन स्पेस रिसर्च अर्गनाईजेसन’(इसरो) का प्रमुख के। सिभनले बताए ।

उनले शनिबार दिएको जानकारी अनुसार शुक्रबारराति साढे १ बजे भारतीय अनुसन्धान सङ्गठन इसरोका वैज्ञानिकहरूले चन्द्रयान—२ को विक्रम ल्यान्डरलाई चन्द्रमाको सतहतर्फ लगिरहेका थिए ।

इसरोको चन्द्रयान २ का लागि चन्द्रमाको दक्षिणी ध्रुव रोजिएको थियो, जहाँ विक्रम ल्यान्डरको सफ्ट ल्यान्डिङ भनिने नियन्त्रित अवतरण गर्नुथियो । तर अवतरण नहुदै भारतको समय अनुसार राती १ः५५ मा यान सम्पर्क विहिन भएको सिभनको भनाई छ ।

यही कामका लागि अरु देशले धेरै खर्च गर्ने गरेकोमा भारतमा भने अहिले १५ करोड अमेरिकी डलर लगानी गरिएको थियो । यसअघि सन् २००८ मा भारतले नै प्रक्षेपण गरेको चन्द्रयान—१ ले चन्द्रमाको सुख्खा सतहमा पानीका अणुहरू रहेको तथ्य पत्ता लगाएको थियो ।

योजना अनुरुप अवतरणतर्फ लागिरहेका बेला भारतीय अन्तरिक्ष वैज्ञानिकको उपलब्धि हेर्न र उनीहरूको हौसला बढाउन प्रधानमन्त्री नरेन्द्र मोदी पनि बेङ्गलुरुस्थित इसरो मुख्यालय पुगेका थिए ।

उनले भारतीय बैज्ञानिकहरुको अहिलेसम्मको कामप्रति गौरब गर्दै सम्पर्कविहिन भएको यान सम्पर्कमा आउने विश्वास पनि ट्वीटरमार्फत् व्यक्त गरेका छन् । –सिन्ह्वा/एएफपी






Related Posts
  • नेवा: पुच: युएईले ईन्द्रजात्रा येंया पुन्ही कार्यक्रम भव्यताका साथ मनायो
  • घरबेटीलाई प्राधिकरणको आग्रहः भाडामा बस्नेसँग जथाभावी महसुल नउठाउनुस्
  • लोक दोहोरी गायिका प्रमिला तामाङबाट म्हेन्दोमाया गायिकाहरुले केही सिक्नेकी ? (भिडियो सहित )
  • सेनाभित्र मौलायो बिकृती, सलामी नगर्ने ३० जनामाथि कारवाही
  • पछिल्ला सम्प्रेसणहरु

    थाल्यो संवाद नेपाली स्याटेलाइटले, ग्राउन्ड स्टेसनसँग नेपाली स्याटेलाइटको दोहोरो सम्पर्क

    नेवा: पुच: युएईले ईन्द्रजात्रा येंया पुन्ही कार्यक्रम भव्यताका साथ मनायो

    घरबेटीलाई प्राधिकरणको आग्रहः भाडामा बस्नेसँग जथाभावी महसुल नउठाउनुस्

    बिजनेष

    ओली र मोदीले यसरी गरे पाइपलाइनको उद्घाटन

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस