विश्वकप छनोटमा नेपालको लज्जास्पद हार, कुवेत ७-० ले विजयी

परदेशी खबर- कुवेत ।  फिफा विश्वकप २०२२ र एएफसी एसियन कप २०२३ को छनोट प्रतियोगितामा नेपालले अत्यन्त्य खराब सुरुवात गरेको छ। 

नेपाललाई बिहीबार राति भएको खेलमा कुवेतले ७-० गोलले पराजित गरेको हो। 

सन् १९८० को एएफसी एसियन च्याम्पियन कुवेतविरुद्ध उसैको घरेलु मैदानमा नेपालले पहिलो हाफमा २ गोल खाएको थियो भने दोस्रो हाफमा ५ गोल बेहोरेको थियो। 

कुवेतका लागि नासेरले दुई गोल गरे। उनले खेलको छैटौं मिनेट र ५० मिनेटमा गोल गरेका थिए। यस्तै अल हजारीले १३, अल मुताइरीले ५९  र अल मोटावाले ६७ मिनेटमा गोल गर्दा नेपाल निरिह सावित भयो। 

नेपालले थप २ गोल दोस्रो हाफको इन्जुरी टाइममा खायो। अबुजाबारजले इन्जुरी टाइमको चौथो र अलमोसारीले इन्जुरी टाइको सातौं मिनेटमा गोल गरेका थिए। 

खेलको सुरुवातदेखि नै नियन्त्रण गुमाएको नेपाल खेल अवधिभर दबाबमा थियो।

खेलमा नेपालका प्रशिक्षक योहान कालिनले विमल घर्तीमगरलाई मात्र फरवार्डमा खेलाएका थिए। मिडफिल्डमा रवी पासवान, विक्रम लामा, रोहित चन्द, सुजल श्रेष्ठ र विशाल राई गरी पाँच जनालाई खेलाएका थिए।

गोलकिपर किरण चेमजोङको कप्तानी उत्रिएको नेपालका लागि अजित भण्डारी, सुमन आर्याल, अनन्त तामाङ र देवेन्द्र तामाङले डिफेन्डरको रुपमा जिम्मेवारी पाएका थिए। 

नेपाल पछिल्लो एक वर्ष जितबिहीन छ। नेपालले गत वर्ष भएको साफ च्याम्पियनसिपमा बंगलादेशलाई हराएपछि खेलेका ९ खेलमा जित निकाल्न सकेको छैन।

छनोटको समूह ‘बी’ रहेको नेपालले अब चार दिनपछि चाइनिज ताइपेहसँग खेल्नेछ। त्यसपछि नेपालले अस्ट्रेलियासँग क्यानबेरामा असोज २३ र असोज २८ मा जोर्डनविरुद्ध खेल्नेछ।






Related Posts
  • नेपाल मगर शाखा यूएईद्वारा आयोजित माध्या सकराटी मेला तथा बृहत सांस्कृतिक साझ-२०२० भब्यरुपमा सम्पन्न
  • बागमती प्रदेशमा शुक्रबार सार्वजनिक बिदा
  • नेवा:पुच: युएईका उपाध्यक्ष एवम् फोनिज युएईका कावा अध्यक्ष राजेश प्रधानलाई बिदाई
  • राजु गोलेको “ह्युल्सादा ख्लासी” गीतको म्युजिक भिडियो सार्वजनिक
  • पछिल्ला सम्प्रेसणहरु

    तमु प्ये ल्हु संघ युएई द्वारा आयोजित चेलीबेटी भोज कार्यक्रम भव्यरुपमा सम्पन्न

    नेपाल मगर शाखा यूएईद्वारा आयोजित माध्या सकराटी मेला तथा बृहत सांस्कृतिक साझ-२०२० भब्यरुपमा सम्पन्न

    इनास कुवेत द्वारा आयोजित छैटौं बार्षिक उत्सव तथा सहयोगार्थ बृहत संस्कृतिक कार्यक्रम सम्पन्न

    बिजनेष

    जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस