आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024
FLASH NEWS

सिन्धुपाल्चोकको मेलम्चीमा गोली चल्यो, दुईजना घाइते

परदेशी खबर १९ भाद्र २०७६, बिहीबार ११:०३ मा प्रकाशित ( ४ साल अघि) ९७ पाठक संख्या

 

सिन्धुपाल्चोक : मेलम्ची खानेपानी आयोजनाको मुहानमा आन्दोलनरत आपुर्तिकर्ता र मजदुरले ढुंगामुढा गरेको भन्दै उनीहरुलाई लक्षित गर्दै सशस्त्र प्रहरीले गोली प्रहार गरेको छ ।

भीडलाई नियन्त्रणमा लिन भन्दै गोली चलाइएको सशस्त्र प्रहरीले जनाएको छ । सिन्धुपाल्चोकको अम्बाथानमा साढे ३ बजे सशस्त्र प्रहरीले गोली चलाएको हो। इलाका प्रहरी कार्यालय हेलम्बुका प्रहरी निरीक्षक मणिराम लामिछानेका अनुसार सुरक्षाकर्मीले उनीहरुमाथि रबरको गोली र अश्रुग्यास प्रहार गरेको हो ।

सशस्त्रको गोलीबाट दुईजना घाइते भएको मेलम्ची खानेपानी पीडित सङघर्ष समितिका सदस्य उत्तमकुमार श्रेष्ठले जानकारी दिए। आयोजनाको ठेक्का तोडेर फर्किएको इटालियन कम्पनी सीएमसीका निर्माण सामग्रीहरु नयाँ कम्पनीले प्रयोग गरेको थाहा पाएपछि पीडितहरु मुहान क्षेत्रमा पुगेको र त्यही समयमा प्रहरीले आफूहरुमाथि गोली चलाएको श्रेष्ठले बताए। यो खबर अन्नपूर्ण पोस्टले प्रकाशित गरेका छ्न ।